फेसबुकका कारण बारम्बार जेल यात्रा


नयाँदिल्ली, (एजेन्सी)
नोभेम्बर २७ को अपरा≈न सादा पोसाकमा करिब आधा दर्जन प्रहरी म्यानमारको सीमानसँग जोडिएको पहाडी उत्तरपूर्वी राज्य मणिपुरको एउटा केबुल न्युज पत्रकारको दुईतले घरमा सावारी साधनबाट ओर्लिए। ३९ वर्षीय पत्रकार किशोरचन्द्र वान्खेमलाई तिनीहरूले शहरको प्रहरी प्रमुखले केही भन्न चाहेको बताए।

वान्खेमकी पत्नी रन्जिता एलान्गवाम एक जना प्रहरीले ‘केही नराम्रो हुन्न, चिन्ता लिनु पर्दैन’ भनेको सम्झिन्छिन्। त्यति बेला वान्खेम पत्नी र पाँच तथा दुई वर्षीया छोरीसँग लन्च लिनुअघि नुहाउने तयारीमा थिए।

उनले आफ्नो वकिलसँग कुरा गर्न मिल्छ कि भनी सोधे। तर, प्रहरीले उनको अनुरोध अस्वीकार गर्दै ५ मिनेटभित्रै आफूहरूसँग हिँड्नुपर्ने बताए। एलान्गवाम र उनका भाइले तिनीहरूलाई एउटा छुट्टै कारमा पछ्याए। प्रहरी चौकीमा वान्खेमलाई सोधपुछ चलिरहँदा तिनीहरूले झन्डै ५ घन्टा पर्खे। साँझ ढल्दा जाडो बढ्न थालेपछि एलान्गवाम न्यानो लुगाफेटो लिन घर गइन्।

फर्किंदा उनको पतिलाई राज्यको राजधानी इम्फालस्थित उच्च सुरक्षा प्रबन्ध भएको कारागारमा चलान गरिसकेको बताइयो। वास्तवमा १९ नोभेम्बरमा फेसबुकमा हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी ९बीजेपी०द्वारा नेतृत्व गरिएको स्थानीय सरकारको विरोध गरेको अपराधमा उनलाई पक्रिएको रहेछ।

उनले फेसबुकमा मणिपुरका मुख्यमन्त्री संघीय सरकारको प्रधानमन्त्री नरेन्द्र मोदीका कठपुतली भएको उल्लेख गरेका थिए। फेसबुककै कारण उनी पहिलोचोटि पक्राउमा परेको भने होइनन्। गत अगस्टमा पनि फेसबुकमा बजेपीलाई ‘बुद्धु जोकर पार्टी’ भनेर खिसी गरेको आरोपमा ४ दिन कारागारमा थुनिएका थिए।

यसरी सामान्य व्यंग्यात्मक अभिव्यक्तिका कारण सरकारको कोपभाजनमा पर्ने पत्रकारमध्ये वान्खेम एक उदाहरण मात्र हुन्। जेहोस् राष्ट्रिय सुरक्षा कानुनअनुसार राष्ट्रको सुरक्षा वा जनधनलाई खतरा भएको महसुस हुँदा कुनै पनि व्यक्तिलाई बिनाकुनै औपचारिक अभियोग नलगाई वा मुद्दा नचलाई एक वर्षसम्म थुन्न सकिन्छ।