बिहेमै एल्बम सार्वजनिक

0
Shares

गायिका जिनु जोशीले आप्mनो विवाह समारोहमा एल्बम विमोचन गराएकी छिन्। उनले विवाह समारोहमा आभास एल्बम विमोचन गरेकी हुन्। उनी आभास जोशीसँग विवाह बन्धनमा बाँधिएकै दिन आभास विमोचन गरिएको हो।

एल्बममा मस्ती, छायाँ तिमीलाई, तिमीलाई पाउने आसमा, भनेको थिएँ तिमीलाई, भिजेको नजरले नहेर, कोही यहाँबाटै, एकान्तमा हाँस्थे र रमाउनेछौ जीवनमा बोलका आठ गीत संगृहित छन्। जिनुको एकल स्वर रहेको एल्बमका गीतमा आभास जोशीको शब्द र संगीत संयोजन रहेको छ। १० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका जोशीले शब्द, संगीत र गायन तीनै विधालाई सँगसँगै अघि बढाइरहेकी छिन्।