रमाइलो गरुण पुराण

0
Shares

फिल्म निर्देशन अध्ययन गरी निर्देशन यात्रामा होमिएका सुवास कोइरालाद्वारा निर्देशित फिल्म गरुड पुराणको ट्रेलर सोमबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गएिको छ।

फिल्मको ट्रेलर कमेडी संवादले भरिएको छ। ट्रेलरले फिल्म कमेडीमा बनेको प्रस्ट्याउँछ भने दर्शकलाई हलसम्म जान बाध्य पार्छ। ३ मिनेटभन्दा लामो ट्रेलरमा फिल्मका सबैजसो कलाकार अटाएका छन्। आगामी माघ ४ गते अल नेपाल रिलिज हुने फिल्ममा कर्मा शाक्य, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरासिया, प्रवीण खतिवडा, प्रकाश घिमिरे, वसन्त भट्ट, रश्मी भट्ट, जान्वी बोहरालगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन् भने पवनकली लुनिभा तुलाधर पनि यसको आकर्षण बनेकी छिन्।
अजित फिल्मस् र अशोक गौतम फिल्मस्को ब्यानरमा अजित प्रजापति र अशोक गौतमद्वारा निर्मित फिल्ममा कसम नेपालको कथा, सुवास कोइराला, विनोद खतिवडा र आकाश बरालको पटकथा, कोसिस क्षेत्रीको संगीत, रेनेशा वान्तवा राईको कोरियोग्राफी, सुसन प्रजापतीको छायांकन र उज्ज्वल ढकालको सम्पादन रहेको छ। फिल्मका निर्देशक कोइरालाले गरुण पुराण मनोरञ्जक फिल्म बनेको बताए।