हिमालय र न्यु भिजनलाई फिजम कप


काठमाडौं, (नेस)
हिमालय र न्यु भिजन एकेडेमीले तेस्रो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
हिमालय ब्वाइज तथा न्यु भिजन गल्र्समा च्याम्पियन बनेका हुन्। संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च ९फिजम० द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा हिमालयले डिफेन्डिङ च्याम्पियन ग्रामर पब्लिक स्कुललाई ५२–४८ ले पराजित ग¥यो।

टोलीको जितमा प्रणव श्रेष्ठले २६ अंक योगदान गरेका थिए। कोटेश्वरस्थित ग्रामरको कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा रोजी थापाको ११ अंक सहयोगमा साविक विजेता न्यु भिजनले ग्रामरलाई नै २६–२२ ले हराउँदै उपाधि रक्षा ग¥यो। ब्वाइजमा हिमालयका जोन सुनुवार तथा गल्र्समा न्यु भिजनकी रोजी ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए।