एनएनआईपीएलाई जनता बैंकको साथ


काठमाडौं, (नेस)
जनता बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले वर्षेनी प्रदान गर्दै आएको एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७४ लाई प्रायोजन गर्ने भएको छ।
अवार्डको मुख्य विधा सर्वोत्कृष्ट पुरुष÷महिला खेलाडी विधाको नगद पुरस्कार जनता बैंकले प्रायोजन गर्न लागेको हो। खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र जनता बैंकका डेपुटी सीईओ अजय मिश्रले सो सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरे। सम्झौताअनुसार जनता बैंकले सर्वोत्कृष्ट खेलाडीलाई जनही १ लाख रुपियाँ प्रदान गर्नेछ।