नेरिक, विल्सन र रिलायन्सलाई उपाधि


काठमाडौं, (नेस)
छैटौं नेरिक कप अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा आयोजक नेरिक, विल्सन र रिलायन्सले आइतबार उपाधि जितेका छन्।
जुनियर ब्वाइजको फाइनल खेलमा आयोजक नेरिकले छिमेकी स्कुल ज्ञाननिकेतनलाई ३४–२० को स्कोरमा हरायो। सिनियर ब्वाईजको खेलमा विल्सनले पिपुल्समाथि ३८–३५ को रोमाञ्चक जित निकालेको थियो। शंखमुलस्थित आयोजक नेरिकको कोर्टमा भएको सिनियर गल्सको उपाधि भिडन्तमा रिलायन्सले इनोभेटिभ स्कुललाई २९–१८ ले हरायो।