कांग्रेसभित्र भाँडभैलो


नेपाली कांग्रेसको राजधानीमा जारी महासमितिको बैठक तोकिएको समयभन्दा दोब्बर हुँदा पनि महासमिति बैठकले ठोस निर्णय गर्न सकेको छैन। कांग्रेसभित्रको गुट–उपगुटले थिलथिलो बनेको कांग्रेसले जगत् हँसाउने काम गरेको छ। आफ्नै पार्टीभित्रका कार्यकर्तालाई विश्वास गर्न नसक्ने अवस्थामा पुगेको कांग्रेस नेतृत्वको रबैया हेर्दा चित्त बुझाउन सक्ने ठाउँ कहीँ–कतै देखिँदैन। जुँगाको लडाइँमा रुमलिएको कांग्रेसले जनतालाई निराश पार्ने काम मात्रै गरेको देखिन्छ। यसले उसको असली अनुहारलाई छर्लङ्ग बनाइदिएको छ।
सरकार असफल भएको बेला प्रमुख प्रतिपक्ष एक भएर अगाडि बढ्दै जनताको मन जित्ने काम गर्नुपर्नेमा आफू–आफूमा नै झगडा गरेर कार्यकर्तालाई निराश बनाउने काम कांग्रेसले तुरुन्तै बन्द गर्नुको विकल्प छैन।
– सुरेश अधिकारी, बेलटार, धादिङ।