रवि नेपाल आइडल बनेको खुसीयालीमा दीपावली

0
Shares

बैतडी, (नेस) ।

लोकप्रिय सिंगिङ रियालिटी सो नेपाल आइडल २ को उपाधि सुदुरपश्चिमका रवि ओडले जितेको खुसीयालीमा बैतडीमा शनिबार साँझ दीपावली गरिएको छ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन बैतडीको आयोजनामा जिल्लाको शतबाँझ बजार र सिल्लेगडा बजारमा दीपावली गरिएको हो। रविले उपाधि जितेको खुसीयालीमा दीप प्रज्वलन गरी विजयोत्सव मनाइएको अखिल बैतडीका जिल्ला अध्यक्ष भुवन कार्कीले बताए। हरेक क्षेत्रमा धनी रहेको सुदूरपश्चिम कलामा पनि धनी रहेको रविले प्रमाणित गरेको उनको भनाइ छ। शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा तीन प्रतिस्पर्धीलाई पछि पार्दै सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका ओडले उपाधि जितेका थिए। नेपाल आइडल २ को उपाधि जितेसँगै रविले २२ लाख रुपियाँ, कार र गोल्डेन ट्रफी पाएका थिए।

आइडलको फस्र्ट रनर्सअप कास्कीका विक्रम बराल र सेकेन्ड रनर्सअप झापाका सुमित पाठक भएका थिए।