रणवीरको तिरिमिरी तिरीलाई नै २५ लाख

0
Shares

आगामी माघ १८ गते रिलिज हुने फिल्म रणवीरको तिरिमिरी तिरिमिरी तीन तारा बोलको गीत सार्वजनिक गरिएको छ।
गीतमा राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर रहेको छ भने शब्द र संगीत राजनले नै दिएका छन्। केही दिनअगाडि मात्रै नक्सालको बालमन्दिरमा भव्य सेट लगाएर छायांकन गरिएको गीतको भिडियो रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्। गीतमा फिल्मका तीन मुख्य कलाकार सुशील सिटौला तथा डेब्यु गर्ल शुभेच्छा खड्का र सुपुसा भट्ट नेपाली पहिरनमा देखिएका छन्। गीतमा १ सय ५० भन्दा बढी कोरस प्रयोग गरिएको तथा २५ लाख रुपियाँ खर्च भएको निर्माण पक्षले जनाएको छ।

लभ स्टोरीमा निर्मित फिल्ममा सुशील, शुभेच्छा र सुपुष्पासँगै प्रशान्त ताम्राकार, रवि गिरी, हरिहर शर्मा, नरेश पौडेललगायतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्दसिंह भण्डारीको रहेको छ भने रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व, महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ।