स्पेन तताउँदै प्रसाद

0
Shares

दीपेन्द्र गजुरेल, स्पेन
नेपाली फिल्मले युरोपियन मुलुकमा तीव्र गतिमा बजार विस्तार गर्न सफल हुन थालेको छ। स्पेनको राजधानी म्याड्रिडसँगै प्रमुख पर्यटकीय शहर बार्सिलोना, बिलबाउ, बेनिड्रमलगायत अन्य शहरका हलमा पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको छ। सारा इभेन्ट्सको ब्यानरमा बनेको प्रसादले स्पेनमा प्रदर्शनको तयारी अन्तिम चरणमा पु¥याएको इभेन्ट्सका अध्यक्ष मेघनाथ ढकालले बताए।

प्रसादमा गाउँमा अन्तरजातीय विवाह गरी राजधानी काठमाडौं छिरेको एक दम्पतीको जीवनमा सन्तान नभई निःसन्तान हुदाँको पीडामा आउने उतार–चढावलाई विषय बनाइएको छ। फिल्ममा विपिन कार्की र नम्रता श्रेष्ठको रोमाञ्चक छटपटी तथा रोदनलाई प्रस्तुत गरिएको छ। प्रसादको निर्देशन दिनेश राउतले गरेका छन् भने कथा लेखन पत्रकार सुशील पौडेलको रहेको छ।

चितवन घर भई म्याड्रिड स्थाई बसोबास गर्दै आएका व्यवसायी मेघनाथ ढकालले भने– ‘प्रसाद अन्य फिल्मका तुलनामा फरक शैली, आफ्नोपन र नितान्त नेपाली परिवेशमा बनेकाले एकपटक हेरेपछि सबैको मन छुनेछ भन्ने लागेर स्पेनमा देखाउन लागेका हौं।’