नेवाः सुन्दरीले मनाए यमरी पुन्ही

0
Shares

नेवार समुदायको सांस्कृतिक पर्व यमरी पुन्हीको अवसरमा नेवाः सुन्दरीहरूले यमरी बनाएर एकाआपसलाई आदानप्रदान गर्दै रमाइलो गरेका छन्।
मिस नेवाः को आयोजक संस्था नेप्लिज फेसन होमद्वारा होमको डिल्लीबजारस्थित कार्यालयमा आयोजित कार्यक्रममा मिस नेवाः तथा लिटिल मिस नेवाः हरूले अभिभावक र आयोजकका साथ चाकु र खुवाको यमरी बनाई एक आपसमा बाँडेका थिए भने नेवारी खाजा समयबजी पनि बनाएर आदानप्रदान गरेका थिए। त्यस अवसरमा मिस नेवाः २०११ सुनीता डंगोलले रञ्जना लिपी र नेवारी भाषाको कार्याशाला गराएकी थिइन्। सुनितालाई क्यालीजात्रा टिम र नेपाल लिपी गुठीले साथ दिएका थिए। कार्यक्रममा मिस नेवाः २०१८ रिजु मानन्धर, सेकेन्ड रनर्सअप मतीना मानन्धर, मिस ट्यालेन्ट सृष्टि शाक्य, मिस वेस्ट नेपाल भाषा सरीला महर्जन, मिस चार्मिङ प्रजिता श्रेष्ठ, मिस फ्रेन्डसिप प्रदीका महर्जन, सोसल एम्बेस्डर चिफ प्रज्ञा श्रेष्ठ तथा मिस लिटिल नेवाः २०१८ जेनी मानन्धरलगायतले यमरी तयार पारेका थिए। ‘यो समयमा चाकुको यमरी खाँदा चिसोबाट बच्न सहयोग पुग्छ। सांस्कृतिक साथै स्वास्थ्यको दृष्टिले पनि यमरी पुन्ही महŒवपूर्ण भएकाले हरेक वर्ष यो कार्यक्रम गर्दै आएका हौँ’ –सुनिताले भनिन्।