सुदूरपश्चिमको दुःखमा रेखाको गीत

0
Shares

गायिका रेखा शाह नयाँ गीत लिएर स्रोता तथा दर्शकमाझ आएकी छिन्। संगीतकार एवं गीतकार दीपक शर्माको रचना र संगीत सइं तमी कर्नाली पारि छौ, म त वारि चुड्या छ तुइन बोलको गीतको म्युजिक भिडियोमा सुदँरपश्चिमको जनजीवनको झल्को छ।

सुदँरपश्चिमको जनजीवनको लवज, संस्कृति र जीवन भोगाइको दुःखलाई गीतको शब्द र संगीतमा उतारिएको छ। लोक कलेवरको संगीत रहेको गीतका शब्द पनि नेपाली जनजीवन र माटोका छन्। गीतलाई लिएर गायिका शाह निकै उत्साहित छिन्। ‘सइं तमी गीतबाट म निकै आशावादी छु। सांगीतिक जीवनको २५ वर्षमा फेरि अर्को कालजयी गीत गाउने मौका पाएँ। सिमसिमे पानीमा गीतजस्तै चर्चित र सबैको प्रिय हुन्छ भन्नेमा म निकै आशावादी छु।’ –रेखा भन्छिन्।

गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ। गीतको म्युजिक भिडियो नीतीन चन्दको निर्देशनमा बनेको छ। सुन साइँली बोलको गीतको म्युजिक भिडियोबाट चर्चा पाएका गौरव पहारी र मेनुका प्रधानले यसको म्युजिक भिडियोमा अभिनय गरेका छन्। सिमसिमे पानीमा, नजिक छौ तिमी, तिमीलाई केही हुँदै नहोस्, पोखँँ भनेलगायत चर्चित गीत र आधा दर्जन जति गीत एल्बम प्रकाशन गरेकी गायिका शाहले यो गीतको म्युजिक भिडियो आप्mनै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छन्।