नीताले गरिन् ५१ रुपियाँमै अभिनय

0
Shares

नेपाल आइडलबाट बहिरिए पनि भारतीय टेलिभिजन जी टिभीबाट प्रसारण हुने लोकप्रिय सांगीतिक रियालिटी शो सारेगामापामा स्वरको जादु चलाएर वाहवाही पाएकी गायिका मेनुका पौडेलको स्वरमा सजिएको रङभित्रको उजाड जिन्दगी बोलको गीतको म्युजिक भिडियो निर्माण गरिएको छ।


सान थापाले निर्देशन गरेको गीत पत्रकार दीपेन्द्र घिमिरेले लेखेका हुन् भने गीतको भिडियोमा नायिका नीता ढुंगाना र अभिनेता निराजन प्रधानले जम्मा ५१ रुपियाँ पारिश्रमिक लिएर अभिनय गरेका छन्। निर्देशक थापाले यो गीतको उचित मँल्यांकन हुने विश्वास व्यक्त गरे। नायक नायिका निराजन र नीताले यो गीत निकै खास रहेकाले केबल ५१ रुपियाँमा अभिनय गरेको बताए।