शिल्पा दोस्रो मिस धौलागिरि

0
Shares

पर्वत, (नेस)। पर्वतको कुस्मामा आयोजित दोस्रो मिस धौलागिरिको उपाधि बागलुङकी शिल्पा कार्कीले जितेकी छन्।
अभ्यास इभेन्ट्स् प्रालिले आयोजना गरेको प्रतियोगितामा सहभागी ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै कार्कीले दोस्रो मिस धौलागिरिको ताज जितेकी हुन्। कार्कीले उपाधिसंँगै ५० हजार नगद पुरस्कारसमेत जितेकी छन्। कक्षा १२ मा अध्ययनरत उनले बेस्ट डान्सरको उपाधि पनि जितिन्।

प्रतियोगितामा पर्वतकी प्रकृति सुवेदी फस्ट रनर्सअप र मस्ट ट्यालेन्ट भइन्। उनले ३० हजार नगद पनि जितेकी छन्। त्यसैगरी बागलुङकी साक्षी श्रेष्ठले सेकेन्ड रनर्सअप हुँदै १५ हजार नगद पुरस्कार जितिन् भने मस्ट फोटोजेनिकको उपाधि पनि जितिन्। पर्वतकी अनुपा राईले भिवर्स च्वाइसको उपाधिसँगै १० हजार नगद पुरस्कार पाइन्। उनले मस्ट स्माइलको उपाधि पनि जितिन्। प्रतियोगितामा सहभागीमध्ये सबैभन्दा पाको उमेरकी सहभागी सरु भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गरियो भने उनले गुड पर्सनालिटीको उपाधि जितिन्।

त्यसैगरी मनिषा पन्त मस्ट एक्टिभ र अस्मिता सुनार बेस्ट क्याटवाक, सम्झना अर्याल बेस्ट फिगर, सम्झना लामगादे बेस्ट भ्वाइस र रत्नालक्ष्मी कर्माचार्य बेस्ट हेयर भए।