स्टार स्क्रिन अवार्डमा रणवीर आलिय अब्बल

0
Shares

बलिउड फिल्महरूको अवार्ड स्टार स्क्रिन अवार्ड २०१८ मा फिल्म पद्मावतबाट रणवीर सिंह र स्त्रीबाट राजकुमार रावले सर्वोत्कृष्ट अभिनेताको अवार्ड चुमेका छन् भने राजीबाट आलिया भट्टले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेकी छिन्।

श्रीराम राघवनले निर्देशकको अवार्ड जितेको समरोहमा नवनिर्देशकको अवार्ड स्त्रीबाट अमर कौशिशले जिते भने संवादको अवार्ड पनि यही फिल्मले पाएको छ। बेस्ट रियल स्टार अन सोसल मिडियाको अवार्ड कट्रिना कैफले जित्दा क्रिटिक्सतर्फ फिल्मको अवार्ड मुल्क, अभिनेताको अवार्ड आयुष्मान खुराना र बधाई होबाट गजराज राव र नीना गुप्ताले अभिनेता र अभिनेत्रीको अवार्ड जिते।

समारोहमा लाइफटाइम एचिभमेन्ट अवार्डबाट शबाना आजमीलाई सम्मान गरिएको छ भने नवअभिनेता र नवअभिनेत्रीको अवार्ड फिल्म धडक र पटाखाबाट क्रमशः ईशान खट्टर र राधिका मदानले जितेका छन्। स्त्रीबाट सहअभिनेता पंकज त्रिपाठी, बधाई होबाट सहअभिनेत्रीको सुरेखा सिकरी, राजीबाट गायकको अवार्ड अरिजित सिंह, गायिकाको अवार्ड हर्षदीप कौर र गीतकारको अवार्ड गुलजारले प्राप्त गरे।

त्यस्तै मनमर्जियाबाट संगीतकारको अवार्ड, अमित त्रिवेदी, अन्धाधुनबाट लेखनको अवार्ड अरिजित विश्वास र श्रीराम राघवन, बागीबाट द्वन्द्वको अवार्ड अहमद खानले जिते। कोरियोग्राफीको अवार्ड पद्मावतले पायो।