नातिकाजी सम्मान र पुरस्कार प्रदान

0
Shares

संगीत साधक नातिकाजीको ९३ औं जन्मजयन्तीको अबसर पारेर विभिन्न विधामा नातीकाजी अभिनन्दन, सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।
सो अवसरमा नातिकाजी स्मृति समाजले शनिबार राजधानीको लैनचौरस्थित राष्ट्रकवि माधवप्रसाद घिमिरेको निवासमा आयोजना गरेको समारोहमा राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गरेको छ। घिमिरेलाई ५० हजार रूपैयाँ नगदसहित दोसल्ला ओढाएर अभिनन्दन गरिएको हो।

कार्यक्रममा २०७४ सालको नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मानबाट लोकगायक एलपी (लक्ष्मीप्रसाद) जोशीलाई सम्मानित गरिएको छ। त्यस्तै नातिकाजी राष्ट्रिय विशेष सांगीतिक सम्मानबाट गायनतर्फ गायक तथा ख्यातिप्राप्ता हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र गायक रामप्रसाद (प्रसाद) श्रेष्ठलाई सम्मान गरियो भने गीतकारतर्फ गीतकारद्धय डा। भोला रिजाल र डा। अरूण सायमीलाईसम्मानित गरिएको छ। नातिकाजी राष्ट्रिय विशेष सांगीतिक सम्मान२०७४ बाट संगीततर्फ स्व। रमेश ताम्राकार र पत्रकारितातर्फ नेपाल समाचारपत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठलाई सम्मानित गरियो।

नातिकाजी राष्ट्रिय संगीत पुरस्कार२०७४ बाट गीतकारतर्फ अग्रज सुवासचन्द्र ढुँगेल, गायत तथा संगीततर्फ गायिका एवम् राष्ट्रिय सभाकी सांसद कोमल ओली र गायक राजेशपायल राईलाई पुरस्कृत गरियो। उनीहरूलाई जनही २० हजार एक रूपैयाँ र ताम्रपत्रबाट सम्मानित गरियो। नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कार२०७४ बाट संगीततर्फ नेपाल संगीतकार संघका अध्यक्ष एवम् संगीतकार लक्ष्मण शेष ९बिडारी०, गायकतर्फ प्रमोद खरेल र गायिकातर्फ मीना निरौला पोखरेललाई प्रदान गरियो। उनीहरूलाई जनही ११ हजार १ सय ११ रूपैयाँसहित ताम्रपत्रबाट पुरस्कृत गरिएको थियो।

कार्यक्रममा राष्ट्रकवि घिमिरेले नातिकाजी जस्ता अजर श्रष्टाको सम्झनामा स्थापित नातिकाजी स्मृति समाजबाट अभिनन्ति हुँदा खुसी व्यक्त गरे। नातिकाजीसँग बिगतमा बिताएका क्षणको स्मरण गर्दै आफ्ना गीतमा निकै कर्णप्रिय संगीत भरेर ती गीतलाई नातिकाजीले नै उत्कृष्ट बनाएको बताए। गीतकार डा। भोला रिजालले नेपाली संगीतको विकाशमा नातिकाजीको उल्लेख्य योगदान रहेको र उनको स्मृतिमा स्थापित सम्मान एवम् पुरस्कार आफुहरूले प्राप्त गर्दा अझ गर्व बढेको बताए। गायिका एवम् सांसद कोमल ओलीले नेपाली संगीतमा नातिकाजी र राष्ट्रकवि घिमिरेको योगदानको चर्चा गरिन्। समाजका अध्यक्ष शम्भुजीत बासकोटाले नेपाली संगीत क्षेत्रमा आ आफ्नो क्षेत्रबाट विशिष योगदान पु¥याएको कारण सम्बन्धित श्रष्टालाई सम्मान एवम् पुरस्कार प्रदान गरिएको बताए। समारोहमा गायक राजेश पायल राई र गायिका मिना निरौला पोखरेलले नातिकाजीको स्मृतिमा उनीद्धारा संगीतबद्ध केही गीत गाएर सुनाएका थिए।