विपीनको कृषक रूप

0
Shares

पशुपति प्रसादका भस्मे डन विपीन काकीद्वारा पछिल्लो समयमा अभिनित फिल्म गोपीको पोस्टर बुधबार रिलिज गरिएको छ। सार्वजनिक चारै पोस्टरमा विपीन देखिएका छन्।

एउटा पोस्टरमा मात्र फिल्मका दुई अभिनेतृ वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ। आरोही केसीको निर्माणमा घामपानी निर्देशक दीपेन्द्र लामाद्वारा निर्देशित गोपीमा विपीनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन्। पोस्टरमा उनको पेसा झल्किने गरी गाई र गाईको दूधको क्यानलाई प्राथमिकता दिइएको छ। फिल्म आगामी माघ १८ मा अल नेपाल रिलिज हुँदै छ। विपीन सवारी दुर्घटनामा परी घाइते भएकाले केही समयको आरामपछि उनलाई गाईफार्ममा लगेर फोटोसुट गरिएको हो। निर्देशक लामाले पोस्टरको कलर कम्बिनेसन र कलाकारहरूको भाव मिलाइएको बताए।

फिल्ममा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन्। श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा छायांकन शैलेन्द्र डी कार्की र सम्पादन निमेश श्रेष्ठको रहेको छ। फिल्ममा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राईलगायतले पनि अभिनय गरेका छन्।