तिला ताजीमाथि भिडियो प्रतियोगिता

0
Shares

कथा ७२ नामक फिल्मको तिला ताजी गीतमाथि कभर भिडियो प्रतियोगिता गरिने भएको छ, जसअनुसार गीतको संगीत राखी जो कोहीले आप्mनो प्रस्तुतिमा भिडियो बनाउन सक्नेछन्। भिडियो कुनै यात्रा तथा अन्य ठाउँको कथा बोकेको हुनुपर्ने प्रावधान राखिएको छ।

कभर भिडियो कम्पिटिसनको १० जनवरी २०१९ मा फाइनल हुने निर्माण टिमले जानकारी गराएको छ। प्रतियोगिताका विजेताले पुरस्कार स्वरूप ३० हजार नगद र आगामी फिल्ममा काम गर्ने मौका पाउनेछन्। यो फिल्म आगामी शुक्रबार अल नेपाल रिलिज हुँदै छ।