२ सुन्दरीका बीच पुष्प

0
Shares

निर्माणाधीन फिल्म मारुनीमा पुष्प खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह र डेब्यु नायिका रेबिका गुरुङ बाँधिएका छन्। यी ३ कलाकारलाई मंगलबार राजधानीमा आयोजित कार्यक्रममा ¥याम्पमा हिँडाउँदै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको छ।

निर्देशक नवल नेपालको निर्देशन तथा फेसन डिजाइनर पुनम गौतमको निर्माणमा बन्ने फिल्म आगामी माघ दोस्रो साताबाट सुटिङ प्mलोरमा जानेछ। निर्देशक नेपालका अनुसार फिल्मले दुई सुन्दरीको कथा प्रस्तुत गर्नेछ। नेपालले फिल्म राम्रो बन्नलाई कथा नै राम्रो हुनुपर्ने र मारुनीको कथा सशक्त रहेको दाबी गरे। ‘जबसम्म कथाले मुटु छँुदैन, दुख्दैन या हास्दैन भने तपाईं ब्र≈माण्डबाट जेसुकै ल्याउनुस्, त्यो फिल्म सफल हुँदैन।’ –निर्देशक नेपालको भनाइ थियो। नायिका साम्राज्ञीले मारुनीलाई लिएर उत्साहित भएको बताइन्। ‘यो फिल्मको कथा साँच्चिकै युनिक छ। फिल्मको कथा नै थियो, जसले मलाई यो फिल्म गर्न बाध्य बनायो।’ –उनले भनिन्।

नायक पुष्पले फिल्मका लागि लामो समयदेखि मेहनत गरिरहेको बताए। पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माणाधीन फिल्ममा सुनिशा क्षेत्री, अरूण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारले पनि अभिनय गर्नेछन्। सञ्जय लामाको छायांकन रहने फिल्ममा अर्जुन पोखरेल र कृष्ण काप्mलेको संगीत रहनेछ।