नौ सयजना भन्दा बढि अमेरिकीको सामुहिक आत्महत्या


वासिंगटन,(एजेन्सी)
गत १८ नोभेम्वरमा मात्र कख्यात जोन्सटाउन हत्याकाण्डको चालिसौं वार्षिकी परेको थियो । इसाइ धार्मिक नेता जिम जोनेसको उक्त वस्तीमा एकै पटक ९ सय जना भन्दा बढि मानिसको ज्यान गएको थियो ।

यसै वाषिर्कीको सम्मुख सो काण्डमा ज्यान बचाउन सफल लाउरा जोहनस्टन कोह नाकी महिलाले आफु त्यसबेला कसरी भाग्यले जोगिए र त्यसपछि आफु त्यहाँ बच्न सफल अन्य व्यक्तिहरुले कसरी आफ्ना नयाँ जीवन शुरु गरे भन्नेबारे विविसिलाई जानकारी गराएकीछिन् ।

पचास र साठी दशकबिच अमेकिाको वासिंगटन डिसीमा हुर्केकी लाउरा जोहनस्टनलाई अतिवादी अभियन्ताहरुबारे जानकारी थियो । सन् १९७० मा २२ वर्षको उमेरमा क्यालिफोर्नियाको पिपुल्स टेम्पल्समा सम्मिलित हुँदा सम्म उनले अश्रुग्यास प्रहार भएको भियतनाम युद्ध विरुद्धको प्रदर्शनमा भाग लिनुका साथै ब्ल्याक प्यान्थर्ससंग काम गर्ने र १९६९ को लोकप्रिय वुडस्टक फेस्टिभलको अनुभव लिइसकेकी थिइन् ।

उनी विगत सम्झिन्छिन् , ‘ मेरो जीवन तनावग्रस्त थियो । मेरो वैवाहिक जीवन पनि असफल भइसकेको थियो । थुप्रै खराव निर्णयहरुपछि मैले राजनीतमा लागेर सुरक्षित वातावरण खोज्ने निर्णय गरेँ । ’ उनले उत्तरी क्यालिफोर्नियाको रेडवुड भ्याली स्थित यस समुहको मुख्यालयमा केहि बैठकमा भाग लिइन् ।
छोटो समयमै उनी तिनीहरुको करुणा र जातिय समानताबाट समर्थित आदर्शबाट प्रभावित भइन् । चमत्कारिक इसाइ प्रवचनकर्ता जिम जोनेसले जातिय समानताको वकालत गर्ने चर्च पिपुल्स टेम्पल इनिडयानापोलिसमा सन् १९५६मा स्थापना गरेका थिए । त्यसको एक दशकपछि यसलाई क्यालिफोर्नियामा सारिएको थियो ।

जोनेसले आणविक विपत्तिलाई रोक्ने बताउँदै परिणाम स्वरुप आफनो पोप पक्षधर समाजवादी समुदायले समुन्नति गर्न सक्ने विश्वास गर्दथे । धार्मिक समुह भएपनि यसले सामाजिक आर्दश बोकेको थियो ।

यसले आफ्ना सदस्यहरुलाई स्वास्थ स्याहार र अन्य सामाजिक सेवाहरु प्रदान गर्दै आएको थियो । लाउरा भन्छिन्, ’ मैले यस्त ैसमुदायको खोजि गरिरहेको थिएँ । म समानता र न्यायको खोजिमा थिएँ । र , त्यहाँ सम्पुर्ण जातजाति तथा पृष्ठभुमिका मानिसहरु थिए ।

लाउरा सम्झिन्छिन् , ‘ सन् १९७४ मा यसका नेता जिम जोनेसले आफुले अमेरिकामा रकसी र लागु औषध मुक्त एउटा ठोँ खोजिरहेको बताए । हामीले दक्षिण अमेरिकाको गुयना भेटायौं । हामी आवाद गर्न सक्ने विकट क्षेत्रहरुले भरिएको यो राष्ट्र सुन्दर र मिल्ने खालको थियो । ’

सन् १९७७ मा लाउरा लगायत सयौं व्यक्ति पिपुल्स टेम्पलको कृषि परियोजनामा जीवन बिताउन होमिए । सो परियोजनालाई नेताको नाममा अनौऔपचारिक रुपमा जोनेसटाउन भन्ने गरिएको थियो ।

लाउरा भन्छिन् , ‘ मलाई त्यहाँ जान कुनै चिन्ता थिएन । म साहसिक भएकीले पनि सदाबहार जंगलमा गएर बस्ने अवसरको कारण निकै उत्सुक थिएँ । यसरी विदेशमा बसेर आफ्नो गतिविधि अघि बढाउँदा जोनेसलाइृ क्यालिफोर्नियामा जति पत्रकारहरुले पछ्याउँदैनथे ।’

गुयनाको उत्तरमा रहेको तिनीहरुको वस्तीमा कृषि उत्पापदत वस्तु पुगिसरी थिएन। सदस्यहरु स–साना सामुदायिक घरहरुमा बस्दथे । प्रचण्ड गर्मीका दिनहरुमा पनि तिनीहरु लामो समय मिहेनतका साथ काम गर्दथे । लाउरा सन् १९७८ को अकटोवरसम्म जोनेसटाउनमा बसिन् । लाउराले त्यहााको जविन सुखदै रहेको बताउँछिन् । अक्टोवरको अन्तयमा जोनेसले लाउरालाई गुयनाको राजधानी जर्जटाउन स्थित चर्चको मुख्यालयमा गएर काम गर्न अनुरोध गरे ।

अमेरिकाले आफ्ना मानिसहरुलाई त्यहाँ जवर्जस्ती राखिएको बताएकोले कंग्रेस लियो ¥यान गुयना पुगेका थिए । त्यहिवेला जोनेसले धर्मपुत्र बनाएको भनिएका जोहन भिक्टर स्टोयन नामक बालकका अभिभावकले आफ्नो सन्तान फिर्ता लान कानुनी लडाइ नै लडे । लाउरा भन्छिन् , ‘ जिमको दिमाग खराव भइसकेको थियो ।


जोनेसटाउन प्रयोग असफल हुन थालिसकेको थियो । मानिसहर जोनेसलाई आफ्ना सन्तान अपहरण गरेको आरोप लगाउन थालेका थिए । ’ सन् १९७८ को मेमा जोनेसका निकटतम सहयोगी डेवोराह लेटन ब्लाकी जर्जटाउनबाट भागेर अमेरिकी दुतावासमा शरण लिन पुगिन् । उनले जर्जटाउनको सम्पुर्ण नराम्रा वास्तविकता खोलिन् । फलत लागु औषध दुव्र्यसनबाट जर्जर भइसकेका जोनेस माथि थप तनाव भयो ।

कहिलेकाहिं सामुहिक आत्महत्याको नाटक मन्चन गर्दै त्यहाँ बालबालिकालाई समेत विषमिसाइएको भन्दै पेय पदार्थ पिलाइने गरिन्थ्यो । त्यसपछि तिनीहरुलाई वफादारिताको परिक्षा लिएको बताइन्थयो ।

नोभेमवरमा एक प्रतिनिधिमन्डलसंगै आएका कंग्रेस ¥यानले टेम्पल्सका सदस्यहरुका चिनितत नातेदारहरु र पत्रकारहर पनि साथ ल्याएका थिए ।
तर वासिंगटन पोस्टका पत्रकार चाल्र्स क्राउसले त्यहाँ रहेका कोहि पनि भोका नभएको बरु सबै खुशी र सनतुष्ट देखिएको लेखेका थिए । साथै दर्जनौं सदस्यले तिनीहरुसंगै अमेरिका फर्कने इच्छा प्रकट गरेका थिए । सो प्रतिनिधि मन्डल अमेरिका फर्कन विमान कुर्दै गरेकाबेला टेम्पलका केहि आक्रोसित बन्दुकधारीले कंग्रेस ¥यान लगायत पाँचजना वयक्तिको गोली हानेर हत्या गरे ।


त्यसको लगत्तै जोनेसले आफ्ना नौ सय जना सदस्यलाई सामुहिक आत्महत्या गर्न आव्हान गरे । हवाईअडामा गोली कान्ड भएकाले गुयनाका सेना आएर तिनीहरुका बालबालिका लिएर जानेछ भने जोनेसले तिनीहरुलाई तर्साए ।
फलफुलको रसमा खतरनाक विष सायनाइड मिसाएर रिहर्सलमा जस्तै तिनीहरुलाई पिउन लगाइयो । लाउराले जोनेसकै दुईजना सन्तानले समेत उनको आदेश मान्न अस्विकार गरेको बताउँछिन् । आत्महत्याको आदेश दिइँदा भाग्यले बाहिर परेकी लाउरा फर्किँदा गुयनाका फौजले लाशहरु बाहिर ल्याउँदै थिए ।

सो भयावह आम आतमहत्यामा जोनेस लगायत कूल ९ सय १८ जनाले ज्यान गुमाएका थिए । सन् २००१ को ११ सेप्टेम्वरमा अल कायदको आक्रमणमा थुप्रो संख्यामा अमेरिकी मारिनु अघि सम्म यो घटनामा सबैभन्दा बढि सर्वसाधारण अमेरिकी एकै साथ मारिउको मानिन्थ्यो ।

सन् १९७८ को नोभेम्वरमा अमेरिका फर्केकी लाउराले पुन पुर्व पति भेटाइन् । दसवर्ष सम्म पतिसंग बस्ने क्रममा उनले एउटा छारो समेत पाइन् । यसैगरी सन् १९९८ मा पहिलो पटक लाउराले सो सामुहिक आत्महत्यामा बचेका अन्य सदस्यहरु भेटिन् ।