सकियो लभ स्टेसन

0
Shares

लिली बिली जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित फिल्म लभ स्टेसनको इन्ड क्ल्याप गरिएको छ। तिहारअघि बाँकी रहेको तीन दिनको क्लाइमेक्स फाइट सकेर केक काट्दै फिल्मको इन्ड क्लाप गरिएको हो।

फिल्म उज्ज्वल घिमिरेले निर्देशन गरेका छन्। निर्देशक घिमिरेका अनुसार फिल्मको सबै दृश्यको छायांकन सकिएको छ। बाँकी दुईमध्ये हिउँ परेपछि एउटा गीतको मनाङ र अर्को गीत आगामी अंग्रेजी नयाँ वर्षको छेका पारेर जापानमा छायांकन गरिनेछ। फिल्मको फस्ट लुक्ससँगै केही दिनमै रिलिज डेट घोषणा गरिने यसका प्रस्तुतकर्ता गोविन्द शाहीले बताए। प्रेमकथामा आधारित लभ स्टेसनमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरू विष्ट, रवि डंगोल, दिनेश काफुले, कालु रानासहितको मुख्य भँमिका छ।