चैतमा यात्रा

0
Shares

सम्राट शाक्यको डेब्यु निर्देशनमा बनेको फिल्म यात्रा ः अ म्युजिकल भ्लग आगामी चैत २९ मा रिलिज हुने भएको छ।

फिल्ममा सलिनमान बनिया भ्लिगस्टको भूमिकामा छन्। सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा वज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, विशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायत प्रमुख भूमिकामा छन्। फिल्ममार्फत मल्लिका महतले डेब्यु गर्दै छिन् भने विदेशी कलाकारहरू चीनका जुन झाङ र केन्याका बबीले पनि अभिनय गरेका छन्। फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ। सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्तरूपमा निर्माण गरेका हुन्।

कोटकी कालिका देवी फिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरिओम सिने मेकर्सको ब्यानरमा निर्माणाधीन फिल्ममा कविराज गहतराज र प्रवीण सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, बनिश शाहको सम्पादन, शम्भुजित बासकोटा, प्रतीक पौडेल र कोविद वज्रको संगीत रहेको छ।