सची मिस एभिएसन क्वीन


राजधानीमा सम्पन्न मिस एभिएसन क्विन–२०१८ को उपाधि ललितपुरकी सची पौडेलले जितेकी छिन्। १८ प्रतिस्पर्धीलाई पाखा लगाउँदै सचीले उक्त उपाधि जित्ने क्रममा एउटा एयरलाइन्स कम्पनीमा एयर होस्टेसको जागिर पाउने निश्चित गरेकी छिन् भने विभिन्न उपहारसमेत प्राप्त गर्न सफल भएकी छिन्।

टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले संयुक्तरूपमा आयोजना गरेको प्रतियोगितामा पुनम लिम्बु फस्ट र सुमी पोर्टेल सेकेन्ड रनर्सअप भए। दीपिका पाठक र नेहा चौधरी क्रमशः थर्ड र फोर्थ रनर्सअप भए। साहारा इन्टरनेसनल एयरहोस्टेस एकेडेमीको सहकार्यमा सम्पन्न प्रतियोगितामा एयर होस्टेसको प्रशिक्षण लिएका तथा लिइरहेका १९ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए। थापाथलीस्थित मुड्स लाउन्जमा अभिनेता एसराज गराच तथा तेन्जु योञ्जनको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा नेहा चौधरी भ्युअर्स च्वाइस, श्रेया सिंह ठकुरी बेस्ट डान्सर, रिजा उदय एक्स्ट्रा ट्यालेन्ट, दीपिका पाठक बेस्ट पर्सनालिटी, सची पौडेल मिस ट्यालेन्ट, लक्ष्मी तामाङ मस्ट पपुलर, छुनु सेन्चुरी मस्ट पपुलर अन इन्टरनेट, कविता घले बेस्ट स्पिच, पुनम लिम्बु बेस्ट सिंगर, सुमी पर्तेल मिस फोटोजेनिक, यान्जिला शेर्पा मिस ब्युटिफुल, एन्जिमा शेर्पा मिस इन्टेलिजेन्ट, बबिना अर्जेल मिस चार्मिङ, अलिशा चौलागाईं मिस फ्रेन्ड्ली, नेहा चौधरी बेस्ट स्माइल, अनिशा न्यौपाने मिस डिसेन्ट, कृति खत्री मिस इनरजेटिक, रीया भारती बेस्ट पर्पmमर र मस्ट कन्फिडेन्ट, दीक्षा चौधरी मिस क्याटवाक र आँचल खड्का मिस डाइनामिक चुनिएका छन्।

हास्य अभिनेता गोपाल ढकाल छन्देद्वारा हास्यरस शैलीमा सञ्चालन गरिएको प्रतियोगिताको व्यवस्थापन जोर्डन राजभण्डारी तथा विजया शाहले संयुक्तरूपमा गरेका थिए। प्रतियोगितामा अभिनेता सुनिल थापा, त्रिभुवन विमानस्थलका व्यवस्थापक राज क्ष्ँेत्री, नेपाल एयरलाइन्सका निर्देश्ँक अच्युतराज पहाडी, नेपाल रेस्लिङ एसोसिएसनका अध्यक्ष नारायणदेव राणा, बुद्ध एयरलाइन्सकी मार्केटिङ मेनेजर बिनिता थापा, मिस नेपाल २००० उषा खड्गी, मोडल दिक्पाल कार्की र एयर होस्टेस पँजा सिलवाल निर्णायक रहेका थिए। कार्यक्रममा बाल कलाकार अर्बियन खड्का, अभिनेता रोहित रुम्बा, नृत्यांगना तेन्जु योञ्जनले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने गायिका सिर्जना खत्री ‘हाउडे माया’ले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेकी थिइन्।