अब प्रदीप र साम्राज्ञीको जोडी

0
Shares

नायक–नायिका प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सँगै हेर्ने फ्यानको चाहना अब भने पूरा हुने भएको छ।

यी नायक–नायिका एक नयाँ फिल्मका लागि अनुबन्धित भएका छन्। चाँडै नाम घोषणा गरिने यो फिल्म हेमराज बीसीको निर्देशनमा बन्न लागेको हो। फिल्म बीसीले नै लेखेका हुन्। फिल्म ह्याप्पी प्लानेट र काफिया फिल्म्स्ले निर्माण गर्नेछ। फिल्म आगामी जेठ÷असारमा सुटिङ गरिसक्ने प्रस्तुतकर्ता गोविन्द शाहीले बताए। शाहीका अनुसार फिल्मको सुटिङ जर्मन, फ्रान्स, स्विजरल्यान्ड, बेल्जियम र इटालीमा गरिनेछ। फिल्मको लागत ४ करोड लाग्ने पनि शाहीले बताए।

फिल्म ह्याप्पी प्लानेटका तर्फबाट रेणु राणा, दीपक खतिवडा, रूपक थापा, अमन कुमार भण्डारी तथा काफिया फिल्म्स्को तर्फबाट काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गर्न लागेका हुन्।