सरिता चलाउने, सल्यान ।
सल्यानको शारदा नगरपालीका वडा नम्बर ३ ले वडा भित्रका जेष्ठ नागरीकहरलाई सम्मान गरेको छ । ३ नम्बर वडाको कार्यक्रम अनुसार आज शनिबार सदरमुकाम खलंगामा ६० बर्ष माथीका दलित र ७० बर्ष माथीका सबै बृद्ध बृद्धा जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
उनिहरुलाई बलाङकेट, हर्लिस दिएर सम्मान गरेको वडा अध्यक्ष टोप बहादुर थापाले बताउनु भयो दिनुभयो । उहाँका अनुसार चिसोमा न्यानो होस भनेर सम्मान स्वरुप बलाङकेट प्रदान गरिएको बताउनु भयो । शारदा नगरपालीकाको ३ नम्बर वडाले मात्र यो कामर्यक्रम गरेको उहाँले बताउनु भयो ।
उहाँले सबै जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप ब्लांकेट एक थान र एक हर्लिक्स बितरण गरिएको बताउनु भयो । ‘हामीले वडा भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुपर्छ भन्ने उद्धेश्यका साथ ब्लांकेट र हर्लिक्स बितरण गरेका छौँ, अशक्त, बिरामी जेष्ठ नागरिकहरुलाई घरमा नै गएर सम्मान स्वरुप ब्लांकेट र हर्लिक्स बितरण गरेका हौँ’ —उहाँले भन्नुभयो ।
जेष्ठ नागरिक अनुभवका खानी भएको उहाँको भनाई छ । ‘जेष्ठ नागरिक अनुभवका खानी हुन्, उहाँहरु बाट हामीले सिक्नु पर्ने कुरा धेरै छ, उहाँहरुको निम्ती वडा कार्यालयले केही गर्न नसके पनि चिसो मौसम शुरु भएकाले ब्लांकेट बितरण गरेका छौँ, यसले चिसोमा उहाँहरुलाई केही राहत गर्ने छ’ —उहाँले भन्नुभयो ।
कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान गर्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले संसार देखाउने बाउआमालाइ हरेक सन्तानले सम्मान गर्न सक्नुपर्ने भन्दै बृद्धबृद्धाको सम्मानले मात्र धर्म परम्परा जिवित रहने बताउनु भयो । उहाँले समाज रुपान्तरणका लागि ज्येष्ठ नागरिकले गरेको गरिमामय भूमिकालाई सन्ततिहरुले कहिले पनि भुल्न नहुने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले नगरभित्रका जेष्ठ नागरिकहरुलाई नगरपालिकाले सम्मान गर्दै आएको बताउनुभयो । कार्यक्रममा आन्तरिक लेखा परिक्षक चन्द्र प्रकाश शर्मा, जेष्ठ नागरिक मनोहर महर्जन लगायतले बोल्दै जेष्ठ नागरिकसंग रहेको सिप र दक्षतालाइ समाजले उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
सम्मान कार्यक्रममा सम्मानीत जेष्ठ नागरीहरुले स्थानीय सरकाले आफुहरुलाई आमा बुवाको भुमिका निभाएको बताएका थिए । उनिहरु खुसि हुदै यस्ताखाले सम्मान कार्यक्रमले समाजमा बृद्ध बृद्धालाई हेर्ने दृष्टिकोण पनि सकारात्मक हुने बताएका थिए ।











प्रतिक्रिया