किरन धामी, दार्चुला ।
प्रेस युनियन दार्चुलाको पाँचाैँ जिल्ला अधिवेशनबाट मनोज बडू सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका छन् । बुधबार राति भएको अधिवेशनले बडूको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।
कान्तिपुर दैनिकका जिल्ला संवाददाता रहनु भएका बडू यसअघि कार्य समिति सचिव हुनुहुन्थ्यो । समितिको उपाध्यक्षमा सुन्दरसिंह धामी, जनजाति उपाध्यक्ष विशनसिंह बुढाथोकी, सचिव किरन धामी, सहसचिवमा भावना सिंह र कोषाध्यक्षमा दमयन्ती जोशी लगायत १३ सदस्यीय समिति चयन भएको प्रेस युनियन दार्चुलाका निर्वतमान अध्यक्ष खेमराज बडूले जानकारी दिनुभयो ।
युनियनको केन्द्रीय प्रतिनिधिमा विक्रम गिरी, राजेन्द्रप्रसाद बडू, प्रेम चुनारा, कमलराज जोशी, खेमराज बडू, शेरसिंह सामन्त र मञ्जु कोली चयन हुनु भएको छ, भने युनियनको प्रदेश प्रतिनिधिमा खिमानन्द भट्ट, नरेश भट्ट, केशव दत्त भट्ट, दिनेश बहादुर सिह, बासुदेव बडू, निरज बहादुर बम, प्रकाश विष्ट, हेमन्ती भट्ट, सकुन्तला जोशी, सुमित्रा कुवर चयन हुनु भएको छ ।
प्रेस युनियन दार्चुला शाखाको पाचौँ अधिवेशनको उद्घाटन प्रतिनिधिसभा सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले गर्नु भएको थियो । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय महासचिव अजयबावु शिवाकोटी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया