हेटौंडा ।
सडक धुलाम्य भएर मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न थालेपछि मकवानपुरगढी गाउँपालिकामा युवा आक्रोशित भएका छन् । पिप्ले–मक्राञ्चुली सडकखण्डमा पानी नियमित हालेर धुलो नियन्त्रणमा सघाउन गढीस्टार स्पोर्टस् क्लबले गाउँपालिकालाई अनुरोधसहित दबाबका लागि हस्ताक्षर संकलन गरेको हो ।
उनीहरुले यातायातका साधन गुड्दा अत्यधिक धुलोका कारण दैनिक जीवनयापनमा कठिनाई भएको भन्दै उक्त सडकखण्डमा पानी नियमित हाल्न गाउँपालिकालाई अनुरोध तथा दबाबका लागि हस्ताक्षर संकलन गरी बुझाइएको क्लबले जनाएको छ ।











प्रतिक्रिया