लहान ।
सिराहा धनगढीमाई नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट आज एक जना साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्युहुनेमा सिरहा गोलबजार नगरपालिका–६ का ४० वर्षीय किसुनदेव सिंह दनुवार रहेको प्रहरीले जनाएको छ ।
बा २० च ५६५२ नंको कारको ठक्करबाट गम्भीर घाइते भएका दनुवारलाई उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रासस











प्रतिक्रिया