माओवादी केन्द्रको चियापान

0
Shares

काठमाडौं ।
नेकपा (माओवादी) केन्द्रले मंगलबार राजधानीमा बडादशैं, शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा शुभकामना तथा चियापानको आयोजना गरेको छ ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा विभिन्न दलका नेताहरुले सबै चाडबाडले समाजमा सकारात्मक सन्देश दिने हुँदा अलग–अलग महत्व र पहिचान भएको बताए । पार्टी उपाध्यक्ष तिलक थापा मगरले पार्टी संगठन निर्माणमा अघि बढेको बताउनुभयो । पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओबादी केन्द्र नेकपा एमालेसँग एकता प्रक्रियामा गएपछि फरक मत राख्दै नेता गोपाल किराती राईले पुरानै पार्टीलाई नयाँ ढंगले अघि बढाउने भन्दै संगठन गर्नुभएको छ ।

पार्टी संयोजक किरातीले पार्टीका पूर्व अध्यक्ष दाहालले माओवादीले लिएको बाटो त्याग गरेको र जनताको चाहनालाई सम्बोधन गर्न नसकेको आरोप लगाउनुभएको छ । कार्यक्रममा क्रान्तीकारी माओवादीका महासचिव मोहन बैद्य नेकपा मालेका महासचिव सिपी मैनाली, संघीय समाजबादी फोरम नेपालका सांसद राजेन्द्र प्रसाद श्रेष्ठ, कलाकार नवल खड्कालगायतले शुभकामनाका साथै मन्तव्य राख्नुभएको थियो ।