किरन धामी, दार्चुला ।
जिल्ला सदरमुकाम खलंगामा वेवारिसे अवस्थामा फेला परेकी एक वालिकाको प्रहरीले उद्दार गरेको छ । नौगाड गाउँपालिका घर बताउने १२ वर्षिय वालिका नारन्दी बडाललाई जिल्ला सदरमुकाम खलंगा बजारमा अलपत्र परेको बेला उद्दार गरिएको दार्चुलाका प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
कार्तिक २६ गते झोला किनिदिन्छु भनी वालिकाकी सानीआमा कौशा ठगुन्नाले आफु संगै जिल्ला सदरमुकाम खलंगा ल्याएको तथा आफुलाई खलंगा बजारमा अलपत्र अवस्थामा छाडेको वालिकाले बताएको प्रहरीको भनाई छ ।
वालिका हराए पछि वालिकाकी सानीआमा तथा परिवारका कुनै पनि सदस्यले खोज तलासका लागी प्रहरीमा कुनै प्रकारको निवेदन समेत नदिएको प्रहरी प्रमुख अधिकारीको भनाई छ । ‘जिल्लामा वालवालिकाहरु हराउने घटना हुने गरेका भए अभिभावकले प्रहरीलाई कुनै पनि जानकारी गर्ने गरेका छैनन् प्रहरी प्रमुख अधिकारीले भने’ ।
सिमा क्षेत्रमा वालदुराचार सम्बन्धि घटना हुन सक्ने भन्दै अभिभावक सचेत हुनु पर्नेमा उनले जोड दिए । जिल्ला सदरमुकाम खलंगामा अलपत्र अवस्थामा उद्दार गरिएकी वालिकालाई प्रहरीले कापी, कलम झोला सहयोग गरेको छ ।
नौगाड गाउँपालिका खारमा कक्षा ५ मा अध्ययनरत बालिकालाई मंगलबार उनका आफन्तको जिम्मा लगाइएको प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।











प्रतिक्रिया