विमल बिष्ट, डोटी ।
डोटीको जिल्ला सदरमुकाम सिलगढीमा राष्ट्रिय अनुसन्धान (एनआईडी) को जिल्ला कार्यालय भवनको उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक (चिफ) दिलिपराज रेग्मीले उक्त भवनको उद्घाटन गर्नु भएको हो ।
कुल एक करोड ३ लाखको लागतमा उक्त भवन निर्माण गरिएको राष्ट्रिय अनुसन्धानका डोटी प्रमुख तथा अनुसन्धान अधिकृत गोबिन्द पाण्डेले जानकारी दिनु भयो । आफनो भवन नहुँदा राष्ट्रिय अनुसन्धानका कर्मचारी बर्षौ देखी जिल्ला प्रशासन कार्यालयको भवनमा आफनो अफिस खडागरी काम काज गर्दै आएका थिए ।

करोडौको लागतमा आफनो कार्यालय बनेपछि अहिले राष्ट्रिय अनुसन्धान डोटीका कर्मचारीहरु निकै खुसि भएको सहायक अनुसन्धान अधिकृत वीरबहादुर भण्डारीले बताउनु भयो । उहाँले भन्नु भयो ‘हामी संग भवन थिएन काम गर्न केही असजिलो भएको थियो,अहिले आफनै भवन पायौ यसैमा खुसिछौ ।’
नव निर्मित भवनको उद्घाटन गर्नु हुदै राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक (चिफ) दिलिपराज रेग्मीले अनुसन्धानका कर्मचारीले बिगतको भन्दा झन चनाखो र फुर्तिलो भएर काम गर्नु पर्ने निर्देशन दिनु भएको थियो । उक्त कार्यक्रममा जिल्ला अदालतका माननिय न्याधिस जयानन्द पनेरु,डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल,प्रहरी प्रबक्ता तथा डिएसपी लालबहादुर धामी लागयतका अन्य बिभिन्न कर्मचारीहरुको उपस्थिती रहेको थियो ।











प्रतिक्रिया