एम्बुलेन्सको ठक्करबाट डोटीमा एक बालक गम्भीर घाइते

0
Shares

विमल बिष्ट, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका ४ दिपायल पिपल्लामा एम्बुलेन्सको ठक्कर बाट एक बालक गम्भिर घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार पिपल्ला स्थित शैलेस्वरी अस्पतालको से १ च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिदा सोही अस्पतालका निर्देशक आईजंग कुँवरका ८ बर्षिय छोरा ईशान कुँवर गम्भिर घाईते भएका हुन् ।

एम्बुलेन्सको ठक्कर बाट गम्भिर घाईते भएका कुँवरको शैलेस्वरी अस्पतालमा उपचार हुन नसक्दा कैलाली तर्फ रिफर गरिएको छ । एम्बुलेन्स ब्यक गर्ने क्रममा निज बालकलाई ठक्कर दिएको पतक्ष दर्सीहरु बताउछन् ।

एम्बुलेन्सको ठक्कर बाट बालकको टाउकोमा गम्भिर चोट लागेको छ । ठक्कर दिने एम्बुलेन्स तथा चालकलाई ईलाका प्रहरी कार्यालय दिपायलले नियन्त्रणमा लिएको छ ।