कृषकले पाए अनुदानमा गहुँको बिउ

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं १० का कृषकले अनुदानमा गहुँको बिउ पाएका छन् । वडा नं १० का कृषकहरुलाई नगरपालिकाको तर्फबाट निःशुल्क गहुँको बीउ वितरण गरिएको हो । आर्थिक वर्ष ०७५/०७६ को स्वीकृत बजेटबाट गत वर्षको हिउँदमा असिनाले बालीमा क्षति पु¥याएका कृषकलाई उन्नत जातको गहुँको विउ अनुदान स्वरुप वितरण गरिएको हो ।

 

दुई हजार किलो गहुँको बीउ पूर्ण अनुदान र पाँचसय किलो बीउ ७५ प्रतिशत अनुदानमा गरी जम्मा दुईहजार पाँचसय किलो उन्नत जातको गहुँको बीउ कृषकलाई उपलब्ध गराएको मुसिकोट नगरपालिका वडा नम्बर १० का वडा सदस्य धनबहादुर खडका बसन्तले जानकारी दिनुभयो ।

अनुदानमा गहुँको बीउ प्राप्त गरेपछि कृषकहरु खुसी भएका छन् । गतवर्ष असिनाले बीउ समेत नराखेर गहुँ लगायतको बालीमा क्षति पु¥याएपछि चिन्तित बनेका कृषकलाई नगरपालिकाले निःशुल्क बीउ दिएपछि आफूहरुलाई सहज भएको स्थानीय कृषक दिलिप केसीले बताउनुभयो । वडा अध्यक्ष गोपेश्वर के.सीका अनुसार कृषकहरुको समस्यालाई मध्यनजर गरी सो बिउ बितरण गरिएको हो ।