सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि सोडारीलाई बर्खास्त गरेका हुन् ।

सोडारीका बारेमा धेरै गुनासा आएकाले उनलाई हटाउन बाध्य भएको स्रोतले जनाएको छ । यसअघि प्रदेश इन्चार्ज रावलले मुख्यमन्त्री भट्टलाई बोलाएर सोडारीका सन्दर्भमा छलफल समेत गरेका थिए ।