आयातित फूलको बजारले मोैलिकता हराउदै


कविराज नेपाल, पाल्पा ।
भारतीय सीमा क्षेत्रसँग जोडिएका जिल्ला र शहर वजारमा भारतीय प्लाष्टिकका मालाले तिहारको वेला वजार पाउनु सामान्य होला तर पहाडि जिल्ला पाल्पा जहा परम्परादेखि नै तिहारका वेला गुरदौली, मखमली लगायतका फूलहरु घरवरिपरीका फूलवारी, करेसावारी वारीका कान्ला र ढीकढाहरुमा प्रसस्त देखिन्थ्यो पछिल्लो समय यो क्रम घटदै गएको छ ।

तिहार पर्वलाई सप्तरंगी टीका र मखमली,गुरदौली, हजारी, सयपत्री लगायतका फूलको पर्वका रुपमा लिइन्छ । तर पछिल्लो समय विदेशी आयातित फूलले बजार लिन थालेको छ ।

पछिल्लो समय जिल्ला सदरमुकाम तानसेन मात्रैै होइन जिल्ला सदरमुकाम वाहिरका वजारहरुमा पनि छ्याप्पछ्याप्ती विदेशी आयातित प्लाष्टिकका फूल र मालाले स्थान पाउन थालेको छ ।

जिल्ला सदरमुकाम तानसेनका गल्ली गल्ली र वजार क्षेत्रहरु रामपुर, हार्थाेक, छहरा, अर्गली, वर्तुङ्ग लगायतका स्थानमा अहिले यस्ता फूलको व्यापार वढेको छ ।

जिल्लामा व्यवसायिक रुपमा फूलको त्यत्ति ठूलो रुपमा उत्पादन र खेती त हुदैन तर तिहारलाई नै लक्षित गरि फूल फुलाउने र विक्री गर्ने मध्यम र निम्म स्तरकका किसान र गृहणीहरु भने आयातित फूलको व्यापारका कारण मर्कामा पर्ने गरेका छन ।
तिहारकै लागि भनेर फूल फुलाएर वेच्न ल्याएको मानिस हेर्दै हेर्दैनन, कोलडाँडाबाट फुलको व्यापार गर्न भन्दै जिल्ला सदरमुकाम तानसेन आएकी विष्णुमाया गाहाले वताइन ।


पछिल्लो समयमा शहरीया संस्कृति हावी हुदै जानु र मानिसको दिनचर्या पनि आधुनिक वन्दै जानु तथा पर्याप्त मात्रामा फूलको खेती नहुनु तथा खेतवारी बाँझो छाडने प्रवृत्तिका कारण वजारिया अझ भारतीय प्लाष्टिकका माला र फूलको व्यापार वढेको वताइन्छ ।
आफ्नै फूलबारीमा फूल्ने फूलबाट गासिने मालाका विकल्पमा विदेशबाट आयातित मालाको प्रयोग बढ्न लागेपछि घरका आँगनका डिल करेसाा बारीमा फूल्ने फूलहरू हराउँदै पनि गएका छन ।

दिपावलीका अवसरमा तानसेन बजारमा भारतिय मूलका व्यापारीले रेडिमेट मालाको व्यापार गर्न आउनेहरूको ठूलो भिड नै लागेको छ । भाइ मसलादेखि, टिका मालाको विक्री बाट भारतिय व्यापारीले लाखौं रूपैयाँ लिएर फर्कने गरेका छन । प्रतिगोटा मालाको रु १०० देखि लिएर तीनसय रुपैया सम्ममा प्लाष्टिकको मालाको व्यापार हुने गरेको छ तर वारीमा फूलेको माला रु सयमा दिदा पनि विक्री नहुने व्यापारी वताउँछन ।

‘ आँगनको डिलमा मखमली र अन्य प्रजातीका फूलहरू फूल्दा भाईटिका नजिकिए जस्तो लाग्थ्यो तर अहिले त नानाभातिँका फुलहरु देखिन्छन–’ रैनादेवी छहरा गाउपालिका मुझुङ्गकी विमला कार्कीले भनिन–‘ बजारिया फुलले भाइटिकाको महत्वव र महिमा खस्किए जस्तो भएको छ  ।’


भाइटिकाको दिन दिदीबहिनीको हातबाट निधार भरी सप्तरंगी टिका आफ्नै फूलबारीमा फूलको गलाभरी माला लगाउँदा साँच्चै नै भाइटिकाको अनुभूत हुन्थ्यो । आजभोली त्यस्ता फूल फूल्न भन्दा पनि त्यस्ता फूलको माला लगाउनै छाडियो । आफ्निधार भरी दिदीबहिनीले दाजुभाइले, सप्तरंगी टिका लगाइ दिएपछि गलाभरीको दिदीबहिनीले दाजुभाइलाई गाँसेका कहिल्यै नओइल्याउने मखमली फूल र अन्य हजारीया थुंगे फूलको गालाभरीको माला पहि¥याइ दिँदा दिदीबहिनी र दाजुभाइ विचको सम्बन्ध पनि अझ बढी प्रगाढ हुन्थ्यो । तर आजभोली त्यो परम्परा र सस्कृति नै हराउँदै गएको जिल्ला विकास समितिका पूर्व सभापति प्रेमनाथ बस्यालको अनुभव रहेको छ ।

फूल सोैन्दर्यको प्रतिक मात्र होइन यसले मानिसको मनै हलक्क वनाउछ मानसिक शान्ति र तनावबाट पनि मुक्ती दिन्छ यसले घरको सोभा र सौन्दर्य बढाउँछ, । बैज्ञानिक कारणले पनि फूलको महत्व बढी छ तर आजभोलि सजिलोका कारण र अल्छीपनाले गर्दा घरको फूल तर्फ भन्दा बजारको फूलतर्फ आकर्षण बढेको पुराना पुस्ताको दावी छ ।

यसरी वजारीया फूलको व्यापारले एकातर्फ हाम्रो संस्कृति हराउदै गएको छ भने व्यापारका नाममा नेपाली रुपैया विदेशिएको पनि छ यसतर्फ समयमै सचेत हुनु जरुरी छ ।