केराखेतीबाट करोडौंको आम्दानी, समृद्ध बन्दै साउदको परिवार


मनोज भट्ट, महेन्द्रनगर ।
‘एघार बर्षको उमेर हुँदा बुवाको स्वर्गवास भयो, घर परिवारमा कमाउने अरु कोहि थिएन । बुवाकै परिश्रमले धानेको थियो हाम्रो घर परिवार । बुवाको स्वर्गवास पछि आर्थिक अवस्था एकदमै कमजोर भयो । हामिलाई खान लाउन समेत गाह्रो हुँदै गयो ।’ यसो भनिरहदा उनि निकै भावुक देखिन्थे । उनि भन्नाले, पुर्ण साउद ।

कञ्चनपुरका केरा कृषकहरुको लागि मात्रै नभएर विभिन्न पेशा, संघ–संगठन, राजनेता तथा व्यापारीहरुका लागि समेत परिचित र सफल नाम मानिन्छ, पुर्ण साउद । विगत २८÷३० बर्ष देखि निरन्तर केराखेतीलाई नै सर्वश्व ठानि, केरा संग मितेरी गास्दै आएका साउद, अहिले धेरैको प्रेरणाका स्रोत बनेका छन् ।

महेन्द्रनगर बजार भन्दा केहि दुरी टाढा तिल्केनीमा बुवाको परिश्रमले किनेको एक कट्टा जमिनमा पहिलो चोटि नौलो काम गरे उनले । गाउँका सबै छक्क परे । सबैले आ–आफ्नो जग्गा जमीनमा धान रोप्दै थिए । साउदले केराखेति गर्ने भन्दै केराका बोट रोपे । गाँउलेहरु भन्थे ‘राम्रै उब्जनी हुने खेतमा यो केटाले के गर्न खोजेको होला ।’

कञ्चनपुर जिल्लामा केराको पकेट एरिया लागुभयो । एडिवीको सहयोगमा केराखती गर्न चाहानेहरुले मौँका पाउने भए । उनले पनि विज्ञहरुको सुझाव, सल्लाह र केराखेतीमा मनग्य आमदानी गरेका उदाहरणहरु बुझे । अब इच्छा त जाग्यो तर जग्गा भएन् । आफुसंग भएको एक कट्टा जमिनमा भए पनि केराखेतीको सुरुवात नगरी बस्नै सकेनन् साउद । उता गाँउलेहरु भने नानाथरी काट्थे ।

घर खर्च चलाउन गाह्रो हुदै थियो । दुई छोरा र छोरी लाई राम्रो स्कुल पढाउन सक्ने आर्थिक स्थिति थिएन । साउद संग अन्य कुनै विकल्प पनि थिएन । अन्य खेती किसानी बाट भन्दा केराखेती बाट केहि प्रगति र आर्थिक अवस्था सुधार हुने आशाका किरणहरु मनमनै पलाउथे उनका । नभन्दै १ बर्षको परिश्रम पछि कमाई राम्रो नै भयो । झन उनको आत्मबल बढ्दै गयो । केराखेतीलाई उनले एउटा लक्ष्य बनाए ।

लगातारको ५ बर्ष सम्मको मेहनतले साउदलाई आफ्नो जिवनस्तर नै परिर्वतन भएको आभास भयो । ०६८÷६९ मा जीमुवामा बिष्णुदत्त जोशीको ४ विघा जमिन भाडामा लिएर केराखती बढाउने प्रयत्नमा लागे उनि । एकै चोटी ठुलो परिमाणमा व्यवसाय गर्न खोज्दा, ओभिओपीको ‘एक गाँउ, एक उत्पादन’ कार्यक्रम र अन्य सम्बन्धित निकायहरुले समेत साउदलाई सहयोग गरे । पाँच बर्ष सम्मको मेहनत बाट उनले राम्रो आमदानी गरे । दश बर्ष अगाडि सामान्य घर खर्च चलाउन धौउ धौउ अवस्था रहेका उनि ६०÷७० लाखको कारोबार गर्न थाले । आधुनिक व्यवसायीक केराखेती नगरिकन परिक्षणकालमा नै साउदको जीवन झलमल्ल भयो ।

साउदको अध्यक्षतामा ०७१ सालमा जिल्ला स्तरिय ‘केरा उत्पादन तथा प्रर्वद्धन कृषि सहकारी संस्था’ स्थापना भयो । सहकारी मार्फत केराखेती गर्न चाहने कृषकहरुलाई सहयोगका साथ प्रोत्साहन गर्नथाले उनि । साउदले पदम सुवेदीको सहयोगमा केराखेती सम्बन्धि बुकलेट र इलम हेल्भेटासको सहयोगमा एउटा केराखेति सम्बन्धि पुस्तक समेत प्रकाशन गरेका छन् । हाल कञ्चनपुर र कैलालीका केरा कृषकहरुका लागि प्रेरणा र उर्जाका स्रोत बनेका छन साउद । कञ्चनपुरमा मात्रै उनको सहकारी र सहयोगको घेराभित्र ४ सय ६० केरा कृषकहरुले ३ सय ५० हेक्टरमा जमिनमा केरा उत्पादन गरिरहेका छन् ।

व्यवसायीक केराखेती गर्ने कञ्चनपुरको पहिलो कृषक हुन पुर्ण साउद । हाल उनले भीनपा ३ नौँलाखेतमा ५ बिघा जमिन भाडामा लिएर र भीनपा १० तिल्केनीमा आफ्नो घरको लगभग २ विघा जमिनमा केराखेती गरिरहेका छन् । नौँलाखेतको ५ बिघा जमिनमा उनले नमुना बगौचा तवरको थोपा सिचाँई प्रणाली बाट व्यवसाय गरिरहेका छन् । कञ्चनपुरमा साउदको केराखेती संगै कृष्णपुर र पुर्नवासमा पनि एक÷एक ओटो नमुना बगौचाहरु छन् ।

केराकृषक साउदले केराखतीकै सफलता बाट आफ्नो परिवारको आर्थिक, सामाजिक र मानसिक स्थिती अब्बल बनाएका छन् । आजभोली उनको अवस्था र व्यवस्था दुवै फेरिएको छ । जेठो छोरालाई २० लाख खर्च लगाएर फ्रान्स पढ्न पठाएका छन, भने १२ लाखमा कान्छो छोरालाई जापान लगाएका छन् । कञ्चनपुर र कैलालीका लागि केराखेतीको प्रयायवाचि बनेका पुर्णले मुसुक्क हास्दै भने ‘छोरीलाई भने एयर होस्टेज पढाउछु ।’