नवीकरणीय ऊर्जाका कार्यक्रम प्रभावकारी बनाउन जोड


नेपाल समाचारपत्र, ललितपुर
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आफ्नो २२आंै वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा यस वर्षको मञ्चुका स्मृति अक्षय कोषद्वारा केन्द्रको समन्वयमा स्थापित ‘सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार’ तीन वटा संस्थालाई प्रदान गरिएको छ ।

अवार्ड पाउनेमा ललितपुरको नेपाल यन्त्रशाला इनर्जी, स्याङ्जाको खिलुङ कालिका एग्रो फर्म र नवलपरासीको एमके पेपर मिल्स प्रालि रहेका छन् । यी संस्थाले अवार्डसहित प्रतिसंस्था २५ हजार रुपियँँको पुरस्कार प्राप्त गरेका छन् ।

पुरस्कृतमध्ये नेपाल यन्त्रशाला इनर्जीले लामो समयदेखि नेपालमै टर्वाइनको अध्ययन अनुसन्धान र उत्पादन गरी भुटान, भारत, लाओस, बेलायत जस्ता देशमा निर्यात गर्दै आइरहेको छ ।

त्यस्तै खिलुङ कालिका एग्रो फर्मले कुखुराको सुलीबाट बायोग्यासमार्फत राष्ट्रिय प्रसारणलाइन भन्दा बाहिर ३ सय ६० किलोवाट विद्युत् उत्पादन गरी दैनिक १० मेट्रिक टन जैविक मल उत्पादनका लागि ऊर्जामा आत्मनिर्भर बनेको छ । साथै सो प्लान्टबाट उत्पादित जैविक मलको अधिकतम् उपयोग गर्दै आइरहेको छ ।

एमके पेपर मिल्स प्रालिले आफ्नैे हातामा एक मेगावाट क्षमताको सौर्य विद्युत् प्रणाली जडान गरी नेपाल विद्युत् प्राधिकरणसँंग विद्युत् खरिद सम्झौता गरी कम्पनीमा विद्युत् आपँर्तिका साथै राष्ट्रिय प्रसारणलाइनमा विद्युत् आपँर्ति गरेको छ ।
सौर्य विद्युत् प्रणालीबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोड्ने यो नेपालको पहिलो कम्पनी हो ।

वार्षिकोत्सवका अवसरमा केन्द्र र नवीकरणीय ऊर्जा क्षेत्रमा कार्यरत व्यक्तिले रक्तदान गरेका छन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन विकास समितिका उपाध्यक्ष डा. कृष्णप्रसाद ओलीले नवीरकणीय ऊर्जाका क्षेत्रमा थप अध्ययन र अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले नवीकरणीय ऊर्जाको क्षेत्रमा थप नीति नियम निर्माणमा सहजीकरणका साथै यस क्षेत्रमा स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्दै नवीनतम प्रविधिको खोजी र स्थानीयकरण गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

केन्द्रका कायम मुकायम कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले स्थानीयस्तरमा नवीकरणीय ऊर्जाका कार्यक्रम प्रभावकारी बनाउन स्थानीय सरकारलाई सहजीकरण गर्ने बताउनुभयोे । साथै उहाँले आगामी दिनमा हरित जलवायु कोष जस्ता अन्तर्राष्ट्रिय कार्वन कोषबाट समेत स्रोत परिचालन गरी नवीकरणीय ऊर्जाको विकास गरिने बताउनुभयो ।

हालसम्म नेपालले नेपाल सरकार र विभिन्न विकास साझेदारको संयुक्त सहयोगमा सञ्चालित विभिन्न कार्यक्रममार्फत् लघु जलविद्युत्बाट करिब ३५ मेगावाट विद्युत् उत्पादन गरेको छ भने १९० ठँलासहित ४ लाख १६ हजारभन्दा बढी बायोग्यास प्लान्ट, ८ लाख ५० हजारभन्दा बढी सौर्य विद्युत् प्रणाली, करिब १५ लाख सुधारिएको चुलो, ११ हजार पानी घट्टको सुधार साथै उल्लेख्य संख्यामा सौर्य वायु मिश्रित प्रणाली, संस्थागत सौर्य विद्युत् प्रणाली, फलामे सुधारिएको चुलो, सौर्य मिनि ग्रिड र सौर्य सिँंचाइ तथा खानेपानी पम्प जडान भएको छ ।