नागरिकसँग सार्वजनिक सुनुवाइ


सरिता चलाउने, सल्यान
नेपाल पत्रकार जिल्ला शाखा सल्यानले नागरीक सँग पहिलो पटक सार्बजनिक सुनुवाई कार्यक्रम गरेको छ । आम सन्चार माध्यामतर्फ नागरीकको बुझाईमा के कस्तो छ भन्ने उदेश्यले पहिलो पटक सार्बजनिक नागरीक सँग सार्बजनिक सुनुवाई गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्माले जानकारी दिनुभयो । नागरिकको नजरमा पत्रकार एव आमसञ्चार माध्यम विषयमाा प्रत्यक्ष उपस्थीतिमा नागरीका गुनासा र सुझाब सहित सार्वजनिक सुनुवाई गरिएको उहाँले बताउनु भयो ।

नागरीक र मिडियालाई नजिक बनाउनको लागी केन्द्रको निर्देशन अनुसार ७७ वटा जिल्ला मध्य अहिले सम्म ३४ वटा जिल्लामा नागरीक सँग प्रत्यक्षरुपमा सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको नेपाल पत्रकार महासंघकी केन्द्रीय सचिब लक्ष्मी पुनले बताउनु भयो ।

उहाँका अनुसार आम नागरीकको मिडिया प्रतिको बुझाई, उनिहरुले हेर्ने दृष्टीकोणको भिन्नता बुझनको लागी नागरिकको नजरमा पत्रकार एव आमसञ्चार माध्यम विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सन्चालन गरिएको बताउनु भयो । यो कार्यक्रम गर्नेमा सल्यान जिल्ला २६ औ स्थानमा परेको छ उहाँले बताउनु भयो । उहाँले भन्नु भयो पत्रकारलाई राज्यले अकुंश लगाएको जस्तो देखिएको छ, नयाँ मुलुकी एन अनुसार ् पत्रकारकारलाई काम गर्न असजिलो भएको जस्तो देखिएकाले नागरीक सँग प्रत्यक्ष जोडिएर पत्रकारले आफ्नो दायरा बुझेर काम गर्ने सचिब पुनले बताउनु भयो ।

पहिलो पटक गरेको सार्बजनिक सुनवाई कार्यक्रममा सरोकारवाला ब्यक्ति, राजनितिक दलका ब्यक्ति र नागरीकहरुको उल्लेख्य सहभागीता सहित आ– आफ्ना सुझाब राखेका थिए ।

जनताप्रति उत्तरदायी बन्न पत्रकारलाई पुर्वमन्त्री बस्नेतको आग्रह
पुर्व सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले जनताप्रति उत्तरदायी भएर सूचना सम्प्रेशण गर्न पत्रकारलाई आग्रह गर्नुभएको छ । गाउँका कुना कन्दराका जनताको बोली प्रस्फुटन गराउदै समाज र राज्य प्रति जवाफदेही बन्नु पर्ने बस्नेतले बताउनु भयो ।

नागरिकको नजरमा पत्रकार एव आमसञ्चार माध्यम विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै पूर्व मन्त्री बस्नेतले पत्रकार राज्यको चौथो अंग भएकाले जनताप्रति जवाफदेही बन्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नु भयोे “ अहिले मिडियाको तिब्रतर विकास हुदै आइरहेको छ । मिडियाको विकाससँग सँगै विकृतीहरु पनि मौलाउदै गईरहेका छन् त्यस प्रकारका विकृति विसंगतीलाई त्याग्दै आवाज बिहिनहरुको आवाज बन्न पत्रकार आवश्यक छ ।”

छापा मिडियाको भन्दा अनलाइन मिडियाहरुले बढि विकृति फैलाएको बताउदै प्रतिनिधि सदस्य समेत रहेका बस्नेतले नेपालको संविधान र पत्रकार आचारसहिंता भित्र रहेर काम गर्न आग्रह गर्नभयो ।

यस्तै कर्णाली प्रदेशका योजना तथा आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले खोजमुलक पत्रकारिताका माध्यमबाट राज्यको पहुँचबाट बञ्चित वर्गको आवाजलाइ सम्बोधन गर्न अपिल गरे । पत्रकार र न्यायलय स्वतन्त्र भएकाले समाजको बास्तविकतालाई सम्बोधन गर्नु पर्ने बताए । सूचनालाई दुरुपयोग नगरी सत्य तथ्य सूचना प्रकाशन प्रशारण गर्न उहाँले आग्रह गरे ।

उहाँले भन्नु भयो, पत्रकारीता एउटा शक्ति हो, यसले न्यायपनको अनुभुति दिन्छ, आवाज बिहिन भित्रको आवाज ल्याउछ, पत्रकारीता एउटा धर्म भएकाले यर्थात र सत्य तथ्यका आधारमा सुचना सम्प्रेशन गर्ने पत्रकारहरुलाई आग्रह गर्नु भयो ।
्कार्यक्रममा प्रदेश सभा सांसद गुलाबजंग शाहले जनताको पक्षमा काम गर्ने भनेको पत्रकारीता भएकाले मर्यादित तरीकाले भुमिका निभाउनु पर्ने बताउनु भयो । उहाँले समृद्ध मुलुक निर्माण गर्ने अभियानमा पत्रकारीताले सहयोग हुने बताउनु भयो ।