रहेनन बरिष्ठ बामपन्थी नेता तुलाधर


– सुनील महर्जन, काठमाडौं
मानव अधिकारवादी एवं स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । नेता तुलाधरको ७७ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार अपरान्ह निधन भएको हो ।

नेपाल भाषाको पत्रकारिताबाट सार्वजनिक व्यक्तित्व बनाउनुभएका तुलाधर वामपन्थी नेताका रुपमा राष्ट्रिय पञ्चायतमा बहुदल माग गर्दै आन्दोलन गर्ने व्यक्तित्व हुनुहुन्थ्यो । नेता तुलाधरलाई भाषिक समानता, नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउने आन्दोलनदेखि लिएर शान्ति प्रक्रियाको सुत्रधार हु“दै मानवअधिकार, नागरिक आन्दोलनका अगुवाका रुपमा चिनिन्छन् ।

२०४६ सालमा प्रजातन्त्र पुनस्थापनापछिको आम चुनावमा स्वतन्त्र उम्मेद्वारका रूपमा नेता तुलाधर काठमाडौंबाट निर्वाचित हुनुभएको थियो ।
पञ्चायत विरुद्धको आन्दोलनको अगुवा गर्ने क्रममा २०४६ तिर नेता तुलाधर वामपन्थी र प्रजातन्त्र पक्षधर शक्ति नमिलेसम्म पञ्चायती व्यवस्थालाई ढाल्न नसकिने निष्कर्षमा पुग्नुभएको थियो । यही बुझाई अनुरुप नेता तुलाधरले बागबजारस्थित नेपाली का“ग्रेसका काठमाडौं जिल्लाका तत्कालीन कोषाध्यक्ष श्रीराम श्रेष्ठको घरमा वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर आन्दोलन गर्ने विषयमा छलफल गर्न गोप्य बैठक बोलाउनुभएको थियो ।

२०४६ सालको संयुक्त जनआन्दोनकालागि कांग्रेस र कम्युनिष्टलाई मिलाएर संयुक्त आन्दोलनमा होमिने बातावरण बनाउन उहांले संयोजनकारी भुमिका खेल्नु भएको थियो ।

सो बैठकबाट नै दुवै शक्ति मिलेर आन्दोलन गर्नेे प्रारुपको विकास भएको थियो । बैठकमा सर्वोच्च नेता गणेशमान सिंह, नवीन चित्रकार, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति सुर्यबहादुर शाक्य र नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ हुनुहुन्थ्यो। सोही बैठकपछि वामपन्थी खेमाको प्रतिनिधित्व गर्दै नेतृ सहाना प्रधानसंग २०४६ सालको आन्दोलनको लागि छलफल अघि बढेको थियो ।
स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको पहिलो वामपन्थी सरकारमा उहा“ स्वास्थ्य तथा श्रम मन्त्री हुनुहुन्थ्यो । २०५४ सालमा एमाले विभाजनपछि नेता तुलाधर सक्रिय राजनीतिबाट क्रमशः मानवअधिकार अभियानमा सक्रिय रहनुभएको थियो ।

तत्कालीन विद्रोही नेकपा माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुहुने तुलाधर २०६२ र ०६३ को आन्दोलनताका नागरिक समाजको अगुवाका रूपमा सक्रिय रहनुभएको थियो । त्यसपछि पहिचानको आन्दोलनमा सर्वमान्य नेताको रुपमा सक्रिय रहनुभएको थियो ।

तुलाधरको भीमरथारोहणको एकमहिने कार्यक्रम अन्तर्गत भदौ ३० गते उहा“लाई नागरिक अभिनन्दन गरिएको थियो ।भदौ १६ गते तुलाधरलाई नेवारी परम्परानुसार ७७ वर्ष सात महिना सात दिन ७ घडी तथा ७ पलाको साइतमा भीमरथारोहण गरिएको थियो । अभिनन्दन समारोह समितिले भदौ १ गते देखि भदौ ३० गतेसम्म १२ कार्यक्रम गरेको थियो ।

मस्तिष्कघातका कारण उहा“लाई कात्तिक ९ गते सा“झ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार तुलाधरमा मुटुको समस्या पनि थियो ।

मुुटुको धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टि गरेर स्टेन्ट प्रत्यारोपण गरिएको थियो ।त्यस्तै उच्च रक्तचाप र मधुमेहको समस्याबाट पनि पीडित तुलाधरमा पछिल्लो समय फोक्सोमा पनि समस्या देखिएको देखिएको छोरी सुम्निमा तुलाधरले जानकारी दिनुभयो ।

मृगौलाले काम गर्न छाडेपछि ५ दिनअघि तुलाधरलाई नर्भिक अस्पताल लगिएको थियो । नर्भिकमा दुई तीन पटक डायलासिस गरिएको थियो ।नर्भिकअस्पतामा डा.पंकज जलान, डा. रमेश चोखानी डा. यादव भट्टलगायतको चिकित्सकको टिमले तुलाधरको स्वास्थ्य जा“च गरेको थियो । मुटु र फोक्सोले पनि काम गर्न छाडेपछि उहा“को निधन भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा तुलाधरलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न दलका नेताहरु पुगेका थिए । नेकपाका अध्यक्ष प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल, नया“ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, पूर्वसभामुख दमननाथ ढुंगाना, शिक्षामन्त्री गिरिराजमणि पोखरेल नर्भिक अस्पताल पुग्नुभएको थियो ।

नेकपा अध्यक्ष प्रचण्डले पद्मरत्न तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनको अग्रज भएको बताउनुभयो। ‘तुलाधरले मानव अधिकार र सांस्कृतिक आन्दोलन संवद्र्धनमा ऐतिहासिक भूमिका निर्वाह गरेको छ । ’ उहा“ले भन्नुभयो ।

तुलाधरकै भूमिका कारण शान्ति प्रक्रियाको वातावरण बनेको पनि प्रचण्डले बताउनुभयो । ‘उहा“ शान्ति प्रक्रियाको एउटा यस्तो फेसिलिटेटर हुनुहुन्थ्यो जसले नया“ वातावरण बनाउन ऐतिहासिक भूमिका निर्वाह गर्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो ।

श्रद्धाञ्जली गर्र्न अस्पताल पुग्नुभएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पञ्चायत विरुद्धको आन्दोलन, प्रजातन्त्र पुनःस्थापना, मानअधिकार र शान्तिप्रक्रियामा उहा“ले पु¥याउनुभएको योगदान अविस्मरणीय रहने बताउनुभयो ।

डा बाबुराम भट्टराईले तुलाधर आफूलाई वामपन्थी खेमा मनपर्ने निष्ठावान र आदर्श व्यक्तित्व रहेको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलन, शान्तिप्रक्रिया र राज्यको पुनःसंरचना लागि आजीवन संघर्ष गर्ने अथक योद्धा रहेको धारणा राख्नुभयो ।

पूर्वसभामुख दमननाथ ढुंगानाले तुलाधर समन्वयवादी मान्छे भएको बताउनुभयो ।उहा“ समन्वयवादी मान्छे हो, मत मतान्तर हुन्छ, तर मिलेर देश चलाउनुपर्छ भन्नुहुन्थ्यो’ ढुंगानाले भन्नुभयो ‘अंग्रेजीमा भन्छन् नि परफेक्ट जेन्टलम्यान, उहा“ एकदम भलादमी मान्छे हो ।’
तुलाधर आफ्नो भाषा, संस्कृतिको सम्मान होस् भन्ने चाहना राख्ने व्यक्ति भएको बताउ“दै ढुंगानाले भन्नुभयो ‘काठमाडौं उपत्यकाका लागि त उहा“ धरोहर नै हो’ ।

स्वर्गीय तुलाधरको पार्थिव शरीर आइतबार लाजिम्पाटस्थित निवासमा लगिएको थियो । अन्तिम श्रद्धाञ्जलीपछि दाहसंस्कारका लागि आज सोमबार दिउ“सो १ बजे उहा“को पार्थिव शरीरलाई शोभा भगवतीस्थित कर्णदीपमा लगिने बताइएको छ । तुलाधरका श्रीमती निलशोभा तुलाधर, दुई छोरी र दुई छोरा रहेका छन् ।

प्रधानमन्त्रीद्वारा दुख व्यक्त
वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गर्नुभएको छ । आइतबार दिउ“सो ट्विटरमार्फत उहा“ले तुलाधरले नेपालको वाम आन्दोलनमा पु¥याएको योगदान सदा स्मरणीय रहने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले ट्विटरमा लेख्नुभएको छ ‘वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खवर सुन्दा मलाई अत्यन्तै दुःख लागेको छ । नेपालको वाम आन्दोलनमा उहा“ले पु¥याउनु भएको योगदान सदा स्मरणीय रहनेछ । दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’