नारायणहिटी संग्राहलयको शुल्क बढाउने तयारी


ईश्वराराज ढकाल, काठमाडौं । संग्रहालय स्थापना भएको एक दशक पछि नारायणहिटी संग्रहालयले प्रवेश शुल्क बढाउने तयारी गरेको छ ।
पुरातत्व विभाग मातहतमा रहेको संग्रहालयले शुल्क बढाउने प्रस्ताव संस्कृति पर्यटन तथा मन्त्रालयमा पेश गरेको छ । करिब तीन साता अघि बसेको बैठकले शुल्क बढाउने प्रस्ताव गरेको हो । सो प्रस्ताव पुरातत्व विभाग हुदै संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश भएको छ । प्रस्तावित नया शुल्कमा नेपाली विद्यार्थीलाई ४०, सार्क राष्ट्रका पर्यटकका लागि ३ सय, तेस्रो मुलकका पर्यटकका लागि ७ सय ५० र नेपाली पर्यटकका लागि १ सय ५० रुपिया प्रस्ताव गरिएको छ ।

विभागको मातहतमा गए लगत्तै संग्रहालयले नया शुल्कको प्रस्ताव गरेको हो । हाल विद्यार्थीका लागि २०, सार्कका पर्यटकका लागि २ सय ५०, तेस्रो मुलुकका पर्यटकका लागि ५ सय र नेपालीका लागि १ सय रुपिया उठाउदै आएको थियो । संग्रहालयले श्रीपेच खुला गरेपछि शुल्क बढाउने तयारी गरेको थियो । अब श्रीसदन पनि खुला गर्ने तयारी गरेका छौ, एक दशकसम्म रकम नबढेको रकम बढाउने प्रस्ताव तयार गरेका हौ–पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भन्नुभयो ।

उहाका अनुसार संग्रहालयको गुरुयोजना अनुसार अन्य कक्ष समेत खुला गर्ने तयारी भएकोले शुल्क बढाउने प्रस्ताव गरिएको हो । नारायणहिटीमा ५२ कक्ष छन् । अब तत्कालै केही कक्ष खुला गर्नेछौ–महानिर्देशक दाहालले भन्नुभयो । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा बिसं २०६५ असार १ गते नारायणहिटी राजदरबारलाई संग्रहालय बनाउने निर्णय भएको थियो ।

लगत्तै २०६५ फागुन १५ देखि सर्वसाधारणलाई अवलोकन गर्न नारायणहिटी दरबारलाई संग्रहालयको रुपमा खुला गरिएको थियो । बिसं २०६८ सम्म १९ वटा कक्ष मात्र सर्वसाधारणका लागि खुला गरिएको थियो । ७ सय ५३ रोपनी क्षेत्रफलमा फैलिएको नारायणहिटी सग्रहालय परिसरमध्य ३ सय १८ रोपनी क्षेत्रफलमा मात्रै संग्रहालय सिमित छ । पूर्व राजाले प्रयोग गर्दै आएको घोडातवेला, हेलिप्याड, झिल पोखरी, श्रीसदन, रणोद्धिपको दरबार लगायत दर्जनौ ऐतिहासिक सम्पदा खुला गर्न सकिएको छैन । संग्रहालय मात्रै होइन नारायणहिटी दरबार परिसरमा रहेको अन्य स्थानपनि सर्वसाधारणको लागि खुला गर्ने योजना सहित रकम बढाउने तयारी गरेका हौं–दाहालले भन्नुभयो ।

संग्रहालयका प्रमुख अद्धैतप्रकाश श्रेष्ठले संग्रहालय अवलोकन गर्न आउने पर्यटकका लागि प्रवेश शुल्क बढाउने तयारी भैरहेको जानकारी दिनुभयो । संग्रहालयले राजा वीरेन्द्रको निजी निवास श्रीसदन पनि खुला गर्ने अन्तिम तयारी गरेको छ ।

श्रीपेच हेर्न भीड
काठमाडौ । गत असोज २९ गते देखि खुला गरिएको श्रीपेच हेर्नेको भीड बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो अवलोकन गरी खुला गरिएको श्रीपेच खुले गलतै हेर्नेको संख्या अधिक रहेको संग्रहालय प्रमुख अद्धैतप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । संग्रहालयमा श्रीेपेच राखेपछि दैनिक झण्डै दुई हजार पर्यटकले श्रीपेच अवलोकन गर्ने गरेका छन् ।

पछिल्लो तथ्याङक हालसम्म करिब ३० हजार स्वदेशी र विदेशी पर्यटकले श्रीपेच अवलोकन गरिसकेका छन् । विदेशीले भन्दा पनि स्वदेशी पर्यटकले श्रीपेच अवलोकन गरेको संग्रहालय प्रमुख श्रेष्ठले बताउनुभयो । राजसंस्थाको प्रतिकको रुपमा रहेको श्रीेपेच हेर्ने अधिकांसले पुर्व राजाहरुलाई सम्झिने गरेका छन् । सबै भन्दा विद्यार्थीले अवलोकन गर्ने गरेको संग्रहालय प्रमुख श्रेष्ठले बताउनुभयो । उहाका अनुसार दैनिक करिब दुई हजार पर्यटक मध्य करिब हजारको संख्यामा विद्यार्थीले अवलोकन गर्ने गरेका छन् । हिजो आइतबार करिब २ हजार ५ सयले अवलोकन गरेका थिए ।

संग्रहालयले श्रीपेच , राजदण्ड, दुईवटा मेस, ढाल तरवार, रानीले लगाउने मुकुट (टायरा), एउटा झारी, दुई वटा चमर सहितका एक दर्जन सामाग्री बुलेटप्रुफ सोकेश भित्र राखिएको छ । संग्रहालयको सुर्खेत र रुपन्देही कक्षमा ती समाग्री राखिएको हो । पुर्वराजा ज्ञानेन्द्रले बिसं २०६५ साल जेठ २९ गते नारायणहिटी शैलुन कक्षको दराजमा राखिएको प्रर्दशनीमा राखिएको हो ।