अघि बढ्यो हेटौंडा सिमेन्टको आधुनिकीकरण


हेटौंडा,(नेस)
हेटौंडा–९ मा सरकारी स्वामित्वमा स्थापित हेटौंडा सिमेन्ट उद्योगलाई प्रविधियुक्त एवम् आधुनिकीकरण गरी क्षमतामा सुधार गर्ने आधुनिक प्राविधिक प्रक्रिया अगाडि बढाइएको छ ।

उद्योगमा जडित प्रायः सबै मेसिन पुरानो भइसकेकाले उत्पादन क्षमतामा कमी आएको हुँदा अतिआधुनिक तरिकाले प्राविधिक स्तरोन्नति गरी क्षमता तथा उत्पादन विकास गर्न लागिएको उद्योग अध्यक्ष रघुरमण न्यौपानेले बताउनुभयो ।

‘हेटौंडा सिमेन्ट उद्योगलाई समयको मागअनुसार उत्पादन वृद्धि गर्न लागेका छौं,’ उहाँले भन्नुभयो–‘उद्योगको भट्टीका सामान प्रविधियुक्त जडान गर्नेतर्फ लागिएको छ । हाल दैनिक ७ सय ५० टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगको आधुनिकीकरणपछि दैनिक दुई हजार टनसम्म सिमेन्ट उत्पादन गर्ने क्षमता विकास हुनेछ ।’

लामो समयदेखि विभिन्न कारण घाटामा रहेको उद्योग दुई वर्षदेखि घाटामा भने छैन । उद्योगको उत्पादन गुणस्तरीय भएकाले यसको माग देशभर अधिक रहेको सिमेन्ट व्यवसायीहरू बताउँछन् ।

२०३३ सालमा स्थापना भएको हेटौंडा सिमेन्ट उद्योगले देशका थुप्रै सरकारी संस्थान आर्थिकरुपमा जर्जर भइरहेको अवस्थामा तुलनात्मकरुपमा केही सन्तोषजनक नतिजामा आफँलाई सुरक्षित अवतरण गरिरहेको छ ।

उद्योगलाई निजी क्षेत्रसँग प्रतिस्पर्धात्मकरुपमा विकास गर्न र क्षमता सुधार्न एक अर्ब खर्च लाग्ने भएकाले त्यसअनुरुप रकम जुटाउने प्रयास भइरहेको अध्यक्ष न्यौपानेको भनाइ छ । यद्यपि, उद्योगमा विविध समस्या छन् ।

‘उद्योगमा जडित करिब तीन दशक पुराना प्राविधिक संयन्त्र उपकरण आवश्यक जगेडा पँर्जा खोजी खोजी आपँर्ति गराएर मर्मतसम्भार गराइरहनु परेको छ,’ उद्योग अध्यक्ष न्यौपानेले वास्तविकता पोख्नुभयोे ।

अध्यक्ष न्यौपानेले हाल जगेडा पँर्जाको आकाशिँदो मँल्य, कोइला र विद्युत्लगायत कच्चा पदार्थको महँगो मँल्यका कारण बढेको उत्पादन लागतलाई दृष्टिगत गरी कोइला, विद्युत् र मर्मतसम्भारमा हुने जगेडा पँर्जाको खपतमा न्यँनीकरण हुन नसक्नु उद्योगको समस्या रहेको बताउनुभयो ।

उद्योग सरकारी स्वामित्वको भएकाले सिमेन्टको बजार माग र आपँर्तिमा सन्तुलन कायम गर्न यसको अहम् भँमिका रहने भन्दै उहाँले निजीस्तरका सिमेन्ट उद्योगबाट हुनसक्ने बजार एकाधिकारमाथि नियन्त्रण र नियमन गर्न सघाउ पु¥याएर हेटौंडा सिमेन्ट निरन्तर सञ्चालनका लागि योगदान पु¥याउनु आवश्यक भएको औंल्याउनुभयो ।

भँकम्पका कारण क्षति भएका भौतिक संरचनामध्ये हेटौंडा सिमेन्ट प्रयोग भएका संरचनामा अन्य सिमेन्टको तुलनामा कम क्षति भएको प्राविधिक निरीक्षणबाट देखिएको भन्दै अध्यक्ष न्यौपानेले हेटौंडा सिमेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने दाबी गर्नुभयो ।
उद्योगको जारी पुँजी १ अर्ब ५० करोड र चुक्ता पुँजी ९० करोड ६ लाख ८५ हजार रुपियाँ रहेको अवस्थामा सरकारसँग बाँकी रकम माग गर्ने निर्णय गरिएको छ ।

चुक्ता पुँजीलाई जारी पुँजीसरह पु¥याउन सरकारसँग माग गर्ने निर्णय गरिएको उद्योग अध्यक्ष न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार उद्योगले हाल १२ करोड साँवा र २७ करोड ब्याज गरी ३९ करोड ऋण तिर्न बाँकी छ । उक्त ऋण मिनाहा गर्न धेरैपटक माग गरिए पनि मिनाहा हुन नसकेको अवस्थामा ऋण मिनाहाका लागि उक्त रकम शेयरमा परिवर्तन गरी बाँकी रहने १५ करोड उद्योगले पाए क्षमता विस्तार गरी अझ प्रतिस्पर्धी बन्न सकिने अध्यक्ष न्यौपानेले दाबी गर्नुभएको छ ।