६ वर्षमा भयो २ किमि सडक कालोपत्रे


नेपाल समाचारपत्र, ललितपुर
सातदोबाटो–ढोलाहिटीको दुई दशमलब एक किलोमिटर सडक खण्ड कालोपत्रे हुन झण्डै ६ वर्ष लाग्यो । युनाईटेड विल्डर्सले त्यो खण्डको साँढे पाँच मिटर खण्डमा शुक्रबार कालोपत्रे गर्न सम्पन्न गरेपछि यो खण्डको सडक विस्तार टुंगिएको छ ।

अबको सडक विस्तार ढोलाहिटिदेखि सुनाकोठी चापागाउँतिर बाँकी छ । निर्माण कम्पनीले विना कारण सडक विस्तारमा ढिलाई भएपछि यस खण्डमा कालोपत्रे हुन सकेको थिएन । सम्झौता अनुसार विल्डर्सले ३ वर्ष अघि नै सडक विस्तार र कालोपत्रेको काम सम्पन्न गरिसक्नुपर्ने हो तर विनाकारण काम रोकेकोमा स्थानीयले अचम्मिच मानिरहेका थिए ।

ललितपुर महानगरपालिका–१५ वडाका वडा अध्यक्ष सुदर्शन मिश्रले विना कुनै रोक तोकमा पनि सडक कालोपत्रे हुन नसकेको भन्दै आश्चार्य मान्नुभयो । ‘मलाई अचम्मै लागेको छ किनकि विनासमस्या, विनाअवरोध ६÷६ वर्षसम्म पनि यत्ति सानो बाटो पिच किन गरेन ?,’ वडा अध्यक्षले भन्नुभयो– ‘पटक÷पटक छलफल भएको छ । बल्ल तल्ल सडक पिच भयो ।’

सडकको स्तरोन्नती गर्न ढिलाई गर्दा सर्वसाधरणले सास्ती थेग्न नसकेर विभिन्न समय आन्दोलन समेत गर्नुप¥यो । समयमै सडक कालोपत्रे नहुँदा ठूल्ठूला खाल्डा खुल्डी देख्न सकिन्थ्यो । पानी पर्दा सडकमा पानी जमेर आहाल हुने र घाम लाग्दा धूलोले बाटो मै हिँड्न मुस्किल थियो । बाटोमा सवारी साधन समेत आवत जावतमा समस्या र बटुवा समेत हिँड्न सकस थियो । नागरिकले अनाहकमा कष्ट व्यहोरिरहेका थिए ।

ठेकेदारले दशैँ अगाडि जस्तो सुकै हालतमा सडकको बाँकी खण्ड कालो पत्रे गर्ने भने पनि तिहार अघि भने सम्पन्न गरेको छ । निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरे, मापदण्डअनुसार काम नगरे ठेक्का रद्द गर्ने जस्ता कारबाही गर्न सक्ने प्राब्धान रहे पनि भाका नाघेको यत्रो दिन वितिसक्दा समेत न ठेकेदार कारबाहीमा परेन भने बाटो समेत बाटो समेत बनिरहेको थिएन ।

तीन वर्षअघि सडक कालो पत्रे सम्पन्न गर्न २०६९ सालमा यो सडकको ठेक्का लागेको हो । लामो समयसम्म सडक नबनेपछि सास्ती खेप्नु परेको भन्दै स्थानीयले गएको चैतमा स्थानीयले सडक दुई दिनसम्म सडक नै अबरुद्ध पारे । सडक चाँडै निर्माण गरिदिने सहमतिमा सडक खुल्यो तर अहिलेसम्म पनि सडकको ताल उस्तै छ ।

त्यस ताका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले समेत विशेष चासो दिँदै यथाशिघ्र सडक कालोपत्रे सम्पन्न गर्न निर्देशन दिए पनि केहि सीप लागेन । ठेकेदारले सडकको काम बिचमै छोड्दा समेत केहि कारबाही नहुँदा सर्वसाधरण आजित मानेका थिए । यस बाटो हुँदै पछिल्लो पटक नेकपा अध्यक्ष प्रचण्ड, उहाँकी बुहारी खानेपानी मन्त्री विना मगर समेतको सवारी गुड्ने गर्दछ ।

यसका साथै यस बाटो चापागाऊँ, ठेचो, सुनाकोठी, लेले लगायतका नागरिक यात्रा गर्छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले दशै अघि नै काम सम्पन्न गर्न ठेकेदारलाई अल्टिमेटम दिईसक्नुभएको थियो ।