नेपाल समाचारपत्र, पर्वत ।
पर्वतको कुस्मा नगरपालिकका लागि आवश्यक सरकारी भवन खोजी गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।
नगरपालिकाले खाली रहेका भवन कब्जा गर्न थालेपछि जिल्ला समन्वय समिति मा भएको छलफलका क्रममा समस्या समाधान गर्न जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेलको नेतृत्वमा कार्यदल गठन गरिएको हो ।
गठन गरिएको कार्यदलमा जिल्ला समन्वय समितिका प्रमुख पौडेल, कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र उपप्रमुख सिता काफ्ले लामिछाने मध्ये एक जना, जिल्ला समन्वय अधिकारी बिष्णुप्रसाद भुसाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार लामिछाने, वडा नं ११ का अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक शिब पौडेल र वडा नं ४ की अध्यक्ष मिना कर्माचार्य सदस्य रहेका छन ।
नगरपालिकाका बिभिन्न बिषयगत शाखाका लागि आवश्यक भवन ब्यबस्थापन गर्न समितिले एक सातामा अध्ययन गरि प्रतिबेदन दिनेछ । ‘समितिले अहिले पुर्ण र आँशिक रुपमा खाली रहेका कार्यलयहरुको अवस्था अध्ययन गरि नगरपालिकाका बिभिन्न बिषयगत शाखाहरुको कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने अध्ययन गर्छौ’ कार्यदलका संयोजक मनोहर बि पौडेलले भने ‘भैरहेका कार्यालयको अवस्था, आवश्यकता र बिषयगत कार्यालयका लागि आवश्यक कोठाको बारेमा यसले ठोस निष्कर्ष निकालेपछि ब्यबस्थापन गर्न सजिलो होला’
कुस्मा नगरपालिकाका वडा अध्यक्षहरु र कर्मचारी पुगेर खाली रहेका दुई सरकारी कार्यालयमा कब्जा शैलीमा नगर कार्यपालिकाको साइनबोर्ड टाँगेका थिए ।
कुस्मा रहेका साविकको जिल्ला पशुसेवा कार्यालय र सिप बिकास तालिम केन्द्रको भवनमा नगरपालिकाले बोर्ड टाँगेको छ । गण्डकी प्रदेशले दुई वा त्यो भन्दा बढी जिल्ला हेर्ने तथा पर्वत जिल्ला मात्रै कार्यक्षेत्र हुने गरि बिभिन्न कार्यालयहरु स्थापना गरेपछि खाली रहेका कार्यालयहरुमा नगरपालिकाले कब्जा गर्न साइनबोर्ड टाँगेपछि संघीय सरकार, प्रदेश सरकार र स्थानिय तहका बिचमा द्वन्द्व बढेको थियो । समन्वय नगरि कब्जाको शैलीमा नगरपालिकाले बोर्ड टाँगेको भनेर बिभिन्न क्षेत्रबाट आलोचना भएको थियो भने नगरपालिकाका पदाधिकारी र कर्मचारीले भने बोर्ड नटाँगे सम्म समस्या समाधानका लागि अग्रसर नभएकाले यस्तो शैली अपनाउन बाध्य भएको बताउदै आएका छन ।











प्रतिक्रिया