सरिता चलाउने, सल्यान ।
सल्यानमा एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन ।
जिल्लाको कालीमाटी गाउँपालीका वडा नम्बर ३ बल्ले बस्ने ४५ बर्षिय लाजबोर कवर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । कात्र्तिक ११ गते घर बाट निस्किएका कवर ३ किलोमिटर पुर्ब नजिकैको छहरेखोलामा आज बिहान मृत अवस्थामा रहेको स्थानीयले फेला पारे पछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक कवरको मानसिक सन्तुल ठिक नभएका कारण लडेर मृत्यु भएको हुन सक्ने प्रहरी नायब उपरिक्षक प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाहीले बताउनु भएको छ । प्रहरी घटनास्थल पुगी घटनाको बारेमा अनुसन्दा भैरहेको डिएसपि शाहीले बताउनु भयो ।











प्रतिक्रिया