इलाममा मात्र ४३ करोड ३० लाख रुपैंयाँ लगानी
गणेश घिमिरे, इलाम ।
देशका पूर्वी पहाडि जिल्ला इलाम सहित सात जिल्लामा उन्नती समावेशि कार्र्यक्रम संचालन भएपछि किसान, उद्योगी र बजारीकरण गर्ने व्यवसायीलाई निकै ठूलो राहात मिलेको छ । सन् २०१८ को अत्यसम्म संचालित यस कार्यक्रमले सात जिल्लाको कृषि क्षेत्रमा मात्र एकअर्व रुपैंयाँ लगानि गरेको छ ।
इलाम सहित सात जिल्लामा डेनमार्क सरकारको सहयोगमा कृषि विकास मन्त्रालयले उन्नती समावेशि कार्याक्रम संचालन भएपछि किसान, उद्योगी र बजारीकरण गर्ने व्यवसायीलाई राहात मिलेको हो । किसानलाई उत्पादनमा, उद्योगीलाई प्रशोधनको प्रवद्र्धन र व्यवसायीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारको पहुँजसम्म पु¥याउन अनुदान दिएपछि यतिखेर कार्यक्रम सञ्चालन भएको जिल्लामा कृषिजन्य उद्योग खुल्नेक्रम पनि बढेको छ ।
सन् २०१४ बाट शुरु भएको उन्नती समावेशी कार्र्यक्रमबाट इलाममा मात्रै चिया क्षेत्रमा ५७, डेरीमा २९, अलैचीमा १५ र अदुवामा ३ वटा आयोजना मार्फत ४३ करोड ३० लाख लगानी भएको छ । गुणस्तरीय कर्चापदार्थ उत्पादन र प्रशोधनका लागि सीप, उद्योगको विस्तार तथा मेसिन औजार जडान र बजारीकरणमा सहयोग गरेपछि किसानदेखि उद्योगको क्षमता अभिवृद्धिसँगै गुणस्तरीय उत्पादन हुँदै आएको उन्नति समावेशि कार्यक्रमका सामाजिक अर्थ विज्ञ केशव सिलवालले बताए । सन् २०१८ मा सकिने यस कार्यक्रमले इलाम सहित पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, धनकुटा, भोजपुर र संखुवासभाको कृषि क्षेत्रमा एक अर्व रुपैंयाँ अनुदान लगानी गरेको छ । सिलवालका अनुसार कृषि क्षेत्रमा इलाममा सबैभन्दा बढी लगानी गरेको छ ।
सात जिल्लामा जम्मा १ सय ५९ आयोजना मध्ये इलाममा १ सय ४ वटा रहेको छ । चिया क्षेत्रमा ५७, अदुवामा ३, डेरी क्षेत्रमा २९ र अलैची क्षेत्रमा १५ वटा योजना सञ्चालित रहेको छ । उन्नतीबाट अर्थोडक्स चियामा २९ करोड ८० लाख ३३ हजार ९ सय ३५ बजेट स्वीकृत भएको थियो । यसमा ५७ योजना मध्ये २० उद्योगले ढुवानीका लागि गाडि खरिद गरेका छन् भने ५४ उद्योगको भवन स्तरउन्नती तथा निर्माण गरीएको छ । रोलर, हिटर, डायर, सटिङ्ग मेसिनमा ५० प्रतिशत प्रदान गरिने यस कार्यक्रममा ५५ उद्योगले प्रविधि जडान गरेको परियोजनाको तथ्याङकमा उल्लेख छ ।
अर्थोडक्स चिया क्षेत्रका १५ वटा उद्योग तथा सहकारीले अग्र्यानिक चिया उत्पादन र प्रमाणिकरणका लागि काम गरेका छन् भने २ उद्योगले ‘रेन फरेस्ट हार्बेस्ट’ योजना कार्यान्वयनमा ल्याएको छ । यस्तै डेरी क्षेत्रमा उन्नती समावेशी कार्यक्रमबाट इलाममै ९ करोड १३ लाख ६३ हजार ६ सय ४७ रुपैयाँ लगानी भएको छ ।
डेरी क्षेत्रमा चीज र छुर्पी उत्पादन गर्ने उद्योगका योजना स्वीकृत भई लगानी भएको थियोे । भवन निर्माणमा २५ र मेसिन औजारमा २८ वटा डेरी उद्योगको योजना स्वीकृत भएको थियो । डेरी उद्योगले प्रविधि अन्तरगत चिलिङ्ग भ्याट, चीज भ्याट र प्रेस मेसिन खरिद गरेका छन् । अदुवा क्षेत्रमा स्वीकृत भएका ३ योजनामा ६० लाख ७२ हजार २ सय ६४ को बजेट स्वीकृत गरेको थियो । जसबाट अदुवा प्रशोधन र गुणस्तरीय उत्पादनका काम भएका छन् ।
इलामको अलैची क्षेत्रमा तीन करोड ७५ लाख ७५ हजार १ सय ३८ रुपैयाँ लगानी भएको छ । १५ उद्योग मार्फत लगानी भएको अलैची क्षेत्रमा १४ वटा उद्योगले नेट हाउस निर्माण, १४ उद्योगले मेसिन औजार खरिद गरि बेर्ना उत्पादन गर्दै आएका छन् । यसैगरी समाबेशि कार्यक्रमबाट जिल्लामा १६ हजार ८ सय ७८ जना किसानले बिषयगत तालिम पाएका छन् । जसमा अलैचीमा ३ हजार १ सय ८०, डेरी क्षेत्रबाट ५ हजार ३ सय ३८, अदुवामा ४ सय ५० र चिया क्षेत्रमा ७ हजार ८ सय ७० किसानले गुणस्तरीय उत्पादनको बारेमा तालिम पाएका हुन् ।











प्रतिक्रिया