रुखबाट लडेर एक बृद्धको मृत्यू

0
Shares

ईन्द्र गिरी, संखुवासभा ।
संखुवासभाको खाँदवारी नगरपालीका ८ अर्चले गाउँका एक बृद्धको रुखबाट लडेर मृत्यू भएको छ । ७३ बर्षिय कुलबहादुर कार्कीको खादवारी ८ को नर्कटे बेशीमा घास काट्ने क्रममा रुखबाट लडेर मृत्यू भएको हो ।

घास काट्न रुखमा चड्दा लडेका बृद्ध कार्कीको उपचारको क्रममा खादवारी अस्पतालमा मृत्यू भएको प्रहरी नायव उपरिक्षक श्यामशारु मगरले बताउनु भयो । उनको छाती र टाउकोमा चोट लागेको बताईएको छ ।