जनप्रनिनिधि र कर्मचारीमा समान बुझाईका लागि अन्र्तक्रिया

0
Shares

धनवीर दाहाल, रुकुम ।
विकास निर्माण तथा प्रशासनिक र आर्थिक काम कार्वाही सम्बन्धी समान बुझाई कायम गरी रुकुमको समग्र विकासमा एकरुपता ल्याउन तथा जनप्रनिनिधि र कर्मचारी बिचको खाडल पुर्नका लागी रुकुममा कर्मचारी र जनप्रतिनिधि बिच अन्र्तक्रियाहरु हुन थालेका छन् । २० बर्ष सम्म जनप्रतिनिधि नहुँदा कर्मचारीले स्थानीय निकाय चलाइरहेको र हाल स्थानीय तह भइसकेपछि नयाँ संरचना अनुसार जनप्रतिनिधिहरु र कर्मचारी बिच कुनै मतभेद हुन नदिन यस्ता कार्यक्रमहरु हरेक स्थानीय तहमा आयोजना भइरहेका छन् ।

रुकुम पश्चिम जिल्लाका हरेक स्थानीय तहमा गरिने अन्र्तक्रिया अन्र्तगत बिहिवार बाँफीकोट गाँउपालिकामा सो कार्यक्रम गरिएको हो । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, नरसिंङ दल गणका गणपति प्रमुख सेनानी दिनेश गौतम, प्रहरी नायव उपरिक्षक सुमित खड्का, सशस्त्र प्रहरी बल रुकुम पश्चिमका गुल्मपति प्रहरी नायव उपरिक्षक पुर्णबहादुर कुँवर, कोष तथा लेखा नियन्त्रक इश्वरी प्रसाद ढकाल लगाएतको जिल्ला स्तरको टोली र स्थानीय तहका जनप्रतिनिधि बिच बाँफीकोटमा अन्र्तक्रिया भएको हो ।

बाँफीकोट गाँउपालिकाका अध्यक्ष धर्मबहादुर के.सीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकला पुन, वडा अध्यक्षहरु बिभिन्न बिषयगत कार्यालयका प्रतिनिधिहरु तथा सरोकारवालाको सहभागिता थियो । प्रमुख प्रशासकिय अधिकृत महेश गुरुङले संचालन गर्नुभएको कार्यक्रममा बिभिन्न दलका प्रतिनिधिको समेत सहभागित थियो ।