किरन धामी, दार्चुला ।
चालु आवमा दार्चुला जिल्लाका स्थानीय तहहरुमा ग्रामीण विद्युतीकरणका लागी ५ करोड रुपैया विनियोजित गरिएको छ । चालु आवमा स्थानीय तहहरुमा एल टी, एच टी लाईन, टान्सफर्मर जडानका लागी उक्त रकम विनियोजित भएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जानएको छ । विनियोजित रकम मध्ये सबैभन्दा बढी अपीहिमाल र नौगाड गाउपालिका का लागी रु १ करोड ७० लाख विनियोजित भएको छ, भने मार्मा गाउपालिकाका लागी रु ९० लाख, मालिकार्जुन, लेकम, दुहुँ गाउँपालिकाको लागी ४०÷४० लाख रुपैया विनियोजित भएको छ ।
यस्तै महाकाली नगरपालिका र व्यासका लागी ९० लाख तथा शैल्यशिखर नगरपालिकाका लागी रु ३० लाख रकम विनियोजित भएको छ । मन्त्रालयमा सुरुमा पेश गरिएको रकम माग प्रस्तावमा लेकम र व्याँस गाउपालिकाको लागी कुनै पनि बजेट माग नभएको तथा व्याक्तिगत पहलमा व्याँसमा विद्युतीकरणका लाई वजेट विनियोजन भएको ब्याँस गाउपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकीले जानकारी दिए । उक्त बजेट नेपाल विद्युत प्राधिकरणको ग्रामीण विद्युतीकरण संचालन कार्यविधि अनुसार स्थानीय तहहरुमा खर्च गरिने भएको छ ।
नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरीयाले १० दिन भित्र स्थानीय तह वाईज ग्रामीण विद्युतीकरण कार्यक्रम पेश गर्न सबै वितरण केन्द्रहरुलाई पत्रचार गरेको जनाएको छ । २०७१ साल देखी जिल्लामा विद्युुतीकरण कार्य सुरु भए पनि सबै गाउँवस्तीमा विद्युत सेवाको पहुँच विस्तार हुन सकेको छैन । नेपाल विद्युत प्राधिकरणले समयमै उपकरण उपलब्ध नगराउँदा केही पुराना प्याकेजहरुको निर्माण कार्य समेत अझै सम्पन्न हुन सकेको छैन् ।
आर्थिक वर्ष २०७१÷०७२ सालमा दार्चुलाका साविकका २४ गाविसमा विद्युतीकरण गर्ने भन्दै टेण्डर भएको थियो । च्यानल, ट्रान्सफर्मर लगायतका अत्यावश्यक उपकरणहरु प्राधिकरणले ठेकेदारलाई उपलब्ध गराउन नसक्दा निर्माण ढिलाएको हो । यस्तै विद्युत सव स्टेशन , प्रसारण लाईन अभावमै दार्चुलामै उत्पादित विद्युत पनि दार्चुलावासीले उपभोग गर्न पाएका छैन । निर्माणाधिन गोकुलेश्वर थालीगाड ३३ केभिए प्रसारण लाईन र थालीगाडमा निर्माणाधिन सव स्टेशन समयमै निर्माण नहुदा जिल्लावासी भारतीय विद्युतको भर पर्न बाध्य भएका छन् ।











प्रतिक्रिया