कतारी लगानीलाई लगानी गर्न निजी क्षेत्रको प्रस्ताव


काठमाडौं, (नेस) । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कतारको दोहामा आयोजित उच्चस्तरीय व्यावसायिक भेटवार्तालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कतारी लगानीकर्तालाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष राणाले बदलि“दो प्रतिस्पर्धी विश्व व्यापारको वातावरणमा नेपालमा आफ्नो व्यापार लगानी विस्तार गर्न आग्रह गर्नुभएको थियोे । महासंघले मुलुकको आर्थिक समृद्धि तथा आत्मनिर्भर अर्थ व्यवस्थालाई सदैव विकेन्द्रित अवधारणाअनुसार अघि सारेर कार्य गरिरहेको उहा“ले बताउनुभयो ।

लामो राजनीतिक अस्थिरतापश्चात नेपालमा पूर्णरूपमा राजनीतिक स्थिरता कायम भई लगानीको वातावरण बनेको समेत अध्यक्ष्ँ राणाले प्रष्ट पार्नुभयो । साथै उहा“ले महासंघले पी–टु–पी अवधारणामार्फत आर्थिक विकास र आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दि“दै आएको पनि बताउनुभयो ।

चार लाखभन्दा बढी नेपालीहरूले कतारमा काम गरेर ठूलो मात्रामा रेमिट्यान्स पठाई नेपाली अर्थतन्त्रमा सहयोग पु¥याईरहेको उल्लेख गर्नुहु“दै अध्यक्ष राणाले तुलनात्मक रूपमा सस्तो श्रम शक्तिमा अन्य थुप्रै क्षेत्रमा नेपालमा संयुक्त लगानी गरी लाभ उठाउन सकिने बताउनुभयो ।

द्विपक्षीय व्यापार अत्यन्त न्यून रहेको प्रसंग उठाउनुहु“दै अध्यक्ष्ँ राणाले व्यापार अभिवृद्धिका लागि दुवै देशबाट महत्वपूर्ण पहल हुनुपर्नेमा समेत जोड दिनुभयो ।

सोही क्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालले नया“ संविधान प्राप्त गरेको, स्थिर सरकार रहेको कारण आर्थिक वृद्धिको प्रचुरतम सम्भावना रहेको औंल्याउ“दै यसबाट सबै क्षेत्रमा आम्दानीमा वृद्धि भई शिक्षाको स्तर वृद्धि हुने, विप्रेषणको रकममा उल्लेख्य वृद्धि हुने, समष्टिगत आर्थिक स्थायित्व उच्च रही बढी नाफाको सम्भावना रहेको बताउनुभयो । नेपालको पु“जीबजारमा सूचीकरण गरिएको  छ केही उद्योगको उदाहरण प्रस्तुत गर्दै स्टाडर्ड चाटर्ड बैंकको बजार पु“जीकरण २ अर्ब १६ करोड डलर बराबर भइ ५५ प्रतिशत लाभांश वितरण गरेको, नेपाल लिभरको बजार पु“जीकरण २ अर्ब ८० करोड भई ७ सय प्रतिशत लाभांश वितरण गरेको उदाहरण प्रस्तुत गर्दै विदेशी कम्पनीलाई नेपालमा नाफाको एवम् अन्य व्यवसायजन्य सुविधाको उचित एवम् सुनिश्चित वातावरण रहेको बताउनुभयो ।

उद्योगको चर्चा गर्दा नेपालमा कृषिजन्य उद्योगमा वैदेशिक लगानीको लागि खाद्य प्रशोधनमा साधन, औद्योगिक वस्तुमा गृह सामग्री, औषधि र बायोटेक प्रमुख छन् ।
पर्यटनमा लगानी आकर्षित गर्ने क्षेत्रबारे बताउ“दै ट्रेकिङ र पर्वतारोहण, वन्यजन्तु दृश्यावलोकन र रिभर ¥याफ्टिङ र धार्मिक पर्यटन प्रमुख रहेको अध्यक्ष शर्माले बताउ“दै होटल, क्यासिनो, फनपार्क र साहसिक पर्यटनमा लगानी गर्न अनुरोध गर्नुभयो ।