बुद्ध नेपाली, सिन्धुली ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले आन्तरिक सुरक्षालाई नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । थापाले सरकारले आन्तरिक सुरक्षालाई नियन्त्रण गर्न नसक्दा देशमा हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध बढ्दै गएको आरोप समेत लगाए । ‘अहिलेको सरकारले देशको आन्तरिक सुरक्षालाई ख्यालै गरेको छैन,सरकारले आन्तरिक सुरक्षा नियन्त्रण गर्न नसक्दाँ हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध बढ्दै गएको प्रष्ट छ’ । उनले भने ।
पुर्वी तराईका जिल्लामा कार्यकर्ता भेटघाट गर्न जाने क्रममा सिन्धुलीको कमलामाई नगरपालिका –६ रातमाटामा कार्यकर्ता भेटघाटका क्रममा देशमा विखण्डनकारी शक्ति सक्रिय भएको भन्दै उनले पार्टी वा व्यक्ति भन्नुभन्दा पनि देशमा नितिगत र व्यवस्थागत त्रुटी भएको बताए ।
थापाले सरकारले अहिले सम्म गरेका गतिविधिका कारण जनता निराश भएको बताएका छन्। देशमा शान्ति, स्थायित्व कायम हुने आशाले जनताले कम्युनिष्ठलाई दुई तिहाइकै हाराहारीमा मत दिएपनि सरकार गठन भएको केहि महिनामै जनतामा निराशा छाएको बताए।
पुर्व उपप्रधानमन्त्री समेत रहेका थापाले देशमा बाह्य शक्तिको चलखेल र प्रभाव बढेको भन्दै एउटै विचारधारा भएका पार्टीहरु पुन एक हुने प्रक्रियामा रहेको बताए। पछिल्लो समय देशमा एक दलीय शासन चलेको जस्तो देखिएकोले यसलाई नियन्त्रण गर्न बलियो राष्ट्रवादी शक्ति एक हुने प्रक्रिया अगाडी बढेको अध्यक्ष थापाले बताए।
२०६२र०६३ को आन्दोलन पश्चातको शान्ति सम्झौतामै केहि कमीकमजोरी भएकाले देशमा अझै शान्ति आउन नसकेको थापाले दावी गरे ।











प्रतिक्रिया